अम्रिकाको कथा यमन श्रेष्ठको स्वरमा

यमन श्रेष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन । अमेरिकामा लामो समय बसेर नेपाल फर्केका यमनले हास्य कार्यक्रमहरुमा हास्य प्रस्तुति दिने गर्नुका साथै केहि हास्य टेलिफिल्ममा पनि काम गरेका छन् । यमन राम्रो गायक हुनुका साथै राम्रो अभिनेता पनि हुन ।

गितको बोल:

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

ब्यानै देखि यहाँ त रात सम्म

रातै देखि फेरि ब्यानै सम्म

कामै काम कामै काम कामै काम का…मै काम

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

**

सम्झि मलाइ न्यास्रिदो हो नेपालमा गुन्द्रुकको झोल

रुदा रुदा बाउआमाको भिज्यो होला तकियाको खोल

न फर्कनु न यहिँ बस्नु न हास्नु न वा..वा.. रुनु

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

**

अरव तिर युरोप तिर जापान तिर अम्रिका तिर

पाइन्छ भन्थे डलरै डलर … खाइन्छ भन्थे खिरै खिर

नेपालीलाइ साढे सातको दशा लागि पिरै पिर

पिरै पिर पिरै पिर पिरै पिर पिरै पिर

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

**

ब्यान उठ्न अबेर हुन्छ काममै जान हतपत

हतपतमा काम गर्दा कामै हुन्छ लतपत

काम जब हुन्छ लतपत ओंनरसंग खटपट

पिरै पिरले निन्द्रा भाग्छ रात भरि छट्पट छट्पट

खानै पर्यो सुत्नै पर्यो गाडीमा ग्यास हाल्नै पर्यो

रिम्दै आएँ, घुम्दै आएँ … अम्रिकामा … हो अम्रिकामा …

yaman shrestha sings

Leave a Reply

Your email address will not be published. Required fields are marked *