‘फोर्ब्स’ पत्रिका ले बार्षिक रुपाम प्रकाशित गर्ने अर्बपति हरूको सूचिमा नेपाली अर्बपति विनोद चौधरी यो बर्ष अघिल्लो बर्ष भन्दा १५९ स्थान माथि उक्लिएर बिश्वका अर्बपतिको १३०६ औँ स्थानमा पुगेका छन् । उनी अघिल्लो बर्ष, अर्थात सन २०१३मा उनी १४६५ स्थानमा थिए । अघिल्लो बर्ष जस्तै फोर्ब्सको अर्बपति सूचिमा बिल गेट्स फेरि पनि पहिलो स्थानमा नै रहेका छन् ।
सो सुची अनुसार यो वर्ष चौधरीको सम्पत्ति २० करोड डलरले बढेको हो । यसअघि पहिलो पटक अर्बपति सूचिमा पर्दा उनको सम्पती १ अर्ब १० करोड डलर थियो भने सन् २०१४ को सूचिमा पर्दा उनको सम्पति १ अर्ब ३० करोड डलर देखिएको छ ।
भर्खर ५९ वर्ष भएका बिनोद चौधरीले पुर्ख्यौली व्यापार धान्दै आएका हुन / उनको गर्ने ब्यापारहरू सीजी ग्रुप अन्तर्गत संचालन गर्दै आएका छन् / सिजी ग्रूप अन्तर्गतको चाउचाउ ‘वाईवाई’लाई अहिले नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा नै चिनिएको ब्राण्ड मानिन्छ । तेस्तै उनले भारतको ताज ग्रुपसँग मिलेर होटल हरू पनि सञ्चालन गरिरहेका छन् । चौधरीको नविल बैंकको मुख्य सेयर ले पनि उनलाई बिश्वको धनी व्यक्तिहरू मध्येको एक बनाउन सहयोग गरेको हो /
बिनोद चौधरीले आफ्ना तीन छोराहरु निर्वाण, राहुल र बरुणलाई पनि व्यापारमा नै संलागन गराएका छन् छन् ।