सिंगापुरमा जन्मिएर हुर्केकी नेपाली चेली माला लिम्बु १६ बर्षकी भएपछि सन २००७मा नेपाल फर्केकी हुन । उनले ‘गुडबाई काठमाण्डु’ नाम गरेको फिल्ममा पहिलो पटक अभिनय गर्न शुरु गरेकी हुन । त्यस पछि उनको दोश्रो फिल्म ‘वन वे’मा काम गरिन जुन फागुन १ गतेबाट प्रदर्शनमा शुरु भए पछि उनको रिलिज भएको पहिलो फिल्म हुनेछ । यस फिल्ममा माला एक प्रेमिकाको भूमिकामा रहेकी छिन ।
Video profile:
मालालाई सानैदेखि कलाकार बन्ने चाहना थियो रे तेसैले उनी यो क्षेत्रमा मोडल तथा अभिनेत्रीको रूपमा स्थापित हुन आएकी हुन रे ।
स्टेजमा निकै आकर्षक रूपमा नृत्य गर्न सक्ने मालाको अभिनय क्षमता त फिल्म रिलिज भए पछि देखिने नै छ । झट्ट हेर्दा उनी एक आकर्षक र फिट सुन्दरी देखिन्छिन । उनी सिंगापुरमा रहँदा देखिनै खेल खेल्न र व्यायाम गर्न मन पराउने हुनाले उनलाई आफ्नो शरीरलाई चुस्त र आकर्षक बनाउन सजिलो भएको उनी बिश्वास गर्दछिन । उनलाई उनको शरीर सेक्सी छ भनिदिंदा खुशी लाग्छ रे ।
फिल्ममा चुम्बन र सेक्स सिनको मामलामा पनि माला उदार नै छिन । उनको पहिलो फिल्ममा नै खुलेर चुम्बन दृष्य दिएकी मालाले कथाको माग अनुसार र समाजले पचाउने खालको कुनै पनि भूमिकामा खेल्न उन्लाई आपत्ति नहुने पनि बताउछिन । बिकिनी र तेस्तै शरीरको शुन्दर्ता प्रदर्शन गर्ने खालको पहिरन लागाउन पनि उनलाई मन पर्छ । उनको बिचारमा यस्तो पहिरन वा अभिनय चलचित्रको कथावस्तु अनुसार नै बगेको भएमा कसैलाई पनि आपत्ति नहुनु पर्ने हो।
आफ्नो जीवनको ठूलो हिस्सा नेपाल बाहिर बसेकी मालालाई नेपाली भाषा अझै पनि स्पष्ट बोल्न आउँदैन र यो कुरा उनले राम्रो संग बुझेकी छिन र भाषाको सुधार गर्न उनले सक्दो प्रयास गरिरहेकी छिन । भाषाको साथ साथै अभिनय कला पनि उनले सिक्दै छिन र निकट भविष्यमा अभिनेत्रीको रुपम एक उचाइमा पुग्नेमा उनी बिश्वस्त छिन ।
मालालाई थ्रिलर र एक्सन चलचित्रमा काम गर्ने अवसर आइ दिए हुने थियो जस्तो लागेको छ ।अझ बलिउड फिल्ममा कुनै आइटम गीतमा नाच्ने पनि उनको सपना छ रे ।