अभिनेत्री हर्षिका श्रेष्ठ पनि पलायन हुने? ग्रिनकार्ड होल्डर संग बिवाहको योजना

अभिनेत्री हर्षिका श्रेष्ठले आशिष कुमार शाक्यसँग प्रेममा परेको कुरा हालै सार्बजनिक गरेकी छिन । सानै देखि चिनजान भए पनि मित्रता प्रेममा बदलिएको भने एक बर्ष मात्र भएको उनी बताउँछिन । बसन्तपुरका स्थाई बासिन्दा आशिष अमेरिकानै बसोबास गर्ने ग्रिनकार्ड होल्डर हुन । हर्षिकाले आशिष क्रिसमसको बिदामा नेपाल आएको बेला खिचिएका तस्बीर फेसबुकमा सार्बजनिक गर्दै आफ्नो प्रेमको बारेमा जानकारी दिएकी हुन ।

harshika shrestha mission paisa reloaded

हर्षिकाको यो प्रेम सम्बन्ध पनि यस अघिका दुई ओटा सम्बन्धको अन्त्य पछि शुरु भरको हो । एक अनलाइन संग कुरा गर्दै हर्षिकाले भनिन्, "मेरो २ जना प्रेमीसँग ब्रेकअप भएको त सबैलाई थाहा नै छ । अहिले फेरि प्रेममा छु ।"

हर्षिका का अनुसार यो जोडी अब २ बर्षपछि बिवाह बन्धनमा बाँधिने सुरसारमा छन् । उनी भन्छिन, "भगवानले चाहेको खण्डमा यसपटक भने पहिलेको जस्तो ब्रेकअपको पीडा भोग्न पर्दैन होला" ।

हर्षिका भन्छिन, "अब ब्रेकअप नै भयो भने पनि के गर्न सकिन्छ र? तेश्रो पटक ब्रेकअप भयो भनेर सोचुला। तर, यसपटक त्यस्तो हुँदैन भन्नेमा आशावादी छु ।"

harshika shrestha with her boyfriend

harishika shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *