निखिल लुटेरा बाट एक्सन फिल्ममा फिर्ता

लामो सयमा नेपाली फिल्म क्षेत्र बाट टाढिएका निखिल उप्रेती फेरि एक्सन रोलमा नै फर्किएका छन्।

बिहानैदेखि राजधानीमा झरी परिरहे पनि यही सोमबार गर्ने भनेको फिल्म ‘लुटेरा’को शुभमुहुर्त गरेरै छोडिएको छ । गौशलास्थित पशुपतिनाथ मन्दिरमा सोमबार बिहान यो फिल्मको मुहुर्त गरिएको हो । फिल्म वितरकका रुपमा चिनिएका गोपाल कायस्थले यो फिल्म बाट निर्माणमा हात हाल्न लागेका हुन ।

भिडियो रिपोर्ट:

पानीको बीचमा सिनेकर्मीहरु छाता ओडेर सो मुहुर्त समारोहमा सहभागी भएका थिए । सो समारोहमा क्ल्याप ठोक्ने काम एमाले सभासद रामवीर मानन्धरले गरे भने फिल्मका कलाकारहरु निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ र अमित श्रेष्ठले संयुक्त रुपमा मुहुर्त सट दिएका थिए ।

मुहुर्त संगै ‘लुटेरा’को नियमित छयांकन पनि सोमबारबाटै सुरु गरियो । निखिल उप्रेती, निशा अधिकारी, प्रियंका कार्की, सबिन श्रेष्ठ, हर्षिका श्रेष्ठ र अमित श्रेष्ठको मुख्य भूमिका रहने यो फिल्मलाई दयाराम दहालले निर्देशन गर्दैछन ।

मौनता श्रेष्ठको लेखन मा बन्ने ‘लुटेरा’लाई शिव ढकालले खिच्नेछन भने बसन्त सापकोटाले सँगीत सिर्जना गरेका छन् । काठमण्डौ र बिरगञ्जका बिभिन्न लोकेसनमा फिल्मको शुटिंग हुने छ ।

lutera shooting starts nikhil nisha

Leave a Reply

Your email address will not be published.