गजित र अनुको प्रेम, धौली को बिशेष प्रिमियर

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि फिल्मको नाम ‘धौली’ बाहेकअरु सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

भुकम्प पिडितको सहयोगकोलागि पोखरामा नेपालि फिल्म ‘धौली’ को बिशेष प्रिमियर शो गरिएको छ । पोखराको आसपासमा छायांकन गरिएको यो चलचित्रमा गजित बिष्ट र अनु शाहको मुख्य भुमिका रहे पनि चलचित्र भने यसको केन्द्रिय पात्र ‘धौली’ को वरिपरि घुमेको छ ।  गिता अधिकारि मुख्य पात्र ‘धौली’को रुपमा प्रस्तुत  भएकि छिन् भने बिष्णु गौतम साहुको रुपमा प्रस्तुत भएका छन्। दुइ दर्जन भन्दा बढि चलचित्रहरुमा अभिनय गरिसकेकि गिताको मुख्य भुमिकामा अभिनय भएको यो नै पहिलो चलचित्र हो ।

dhauli premier show

नेपालि समाजमा प्रचलित तल्लो जात र उपल्लो जातको बिचको खाडलको बारेमा बनेको यस फिल्मले एक तल्लो जातकि युबतिको कथा भन्छ । यस फिल्ममा एक दलित र दलित युबतिको बिच भएको बिवाह पनि देखाइएको छ ।

घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रलाइ सन्तोष आत्रेय, अर्जुन गोदार र सम्भु थापाले संयुक्त रुपमा निर्माण गरेका हुन । यस अघि थुप्रै म्युजिक भिडियो र आधा दर्जन सानो पर्दाका सिनेमा निर्देशन गरेका घनश्याम लामिछानेको ‘धौली’ पहिलो ठुलो पर्दाको सिनेमा हो ।

बसन्त सापकोटाको नृत्य, रोशन श्रेष्ठको द्वन्द, र केवल घर्तिको संगित रहेको यो चलचित्र निकट भाभिश्यमा नै रिलिज गर्ने बताइएको छ । यस चलचित्र को पटकथा र संवाद शम्भु थापा र सन्तोष आत्रेयले संयुक्त रुपमा लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published.