रेखा थापाले बहिष्कार गरिन फिल्म अवार्ड

अभिनेत्रि रेखा थापाले आफ्नो  रेखा फिल्म्सबाट निर्माण हुने कुनै पनि चलचित्र नेपालमा आयोजना हुने अवार्ड कार्यक्रममा भाग नलिने घोषणा गरेकि छिन्। स्मरण रहोस हालै सार्बजनिक गरिएको एनएफडिसि अवार्डमा रेखाको कुनै नोमिनेसन परेको छैन भने नेफ्टा अवार्डमा पनि उनको कुनै नोमिनेसन छैन ।

अवार्डमा भाग नलिनुको कारण उल्लेख गर्दै रेखाले भनेकि छिन्, “नेपालमा चिनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुदा तेस्तो प्रकार को अवार्ड को कुनै मुल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाइ प्रतिस्पर्धा को निम्ति प्रदान नगर्ने कुरा को सार्बजनिक जानकारी गराउन चाहन्छु।”

rekha thapa

उनले सिनेमा जगतमा हुने अवार्ड कार्यक्रमहरुले कलाकारहरुलाइ ठुलै मनोबल प्रदान गर्ने भए पनि नेपालमा भने यस्तो अवार्ड निष्पक्ष नहुने हुनाले अवार्डको औचित्य नभएको बताएकि छिन् ।

उनले भनेकि छिन्, “वर्षका सर्बाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तबरले अवार्ड बितरण गरिनुले सच्चा कलाकार, निर्माता , निर्देशक तथा प्राबिधिकको अपमान गरेको हुन्छ।”

यिनै कारण देखाउदै अभिनेत्रि र निर्माता रेखा थापाले सबै खालका “कोठे अवार्डहरुको बहिस्कार” गर्ने बताएकि छिन्। साथै उनले अवार्ड वितरक सस्थाहरुलाई पनि कामको आधारमा मात्र अवार्ड बितरण गर्न अनुरोध गरेकि छिन्।

रेखा थप्छिन, “मेरो सुभचिन्तक तथा प्रशंसकहरुको लागि रेखा फिल्म्सले निरन्तर सिनेमा निर्माण गरि नै रहने छ। रेखा फिम्ल्स नेपालि दर्शकबाट प्राप्त समर्थन र साथ लाई नै सबै भन्दा ठुलो अनि उपलब्धि मुलक अवार्ड हो भन्ने कुरा मा सदैब बबिश्वास राख्दछ।”

रेखाको घोषणा चित्त नबुझेर निर्माता प्रदिप के उदय ले कमेन्ट गरे, “कुरा अलि पचेन अवार्डमा भाग नलिनु आ-आफ्नो बिचार हो तर समग्र अवार्डलाई नै ग़लत भनेर आरोप लगाउनु रेखाजि जस्तो चर्चित नायिकालाई सुहाउदैन जस्तो लाग्छ, स्मरण रहोस बिगतमा उत्कृष्ट नायिकाको अवार्ड नेपालमा भएको अवार्ड कार्यक्रममा सबैभन्दा बढि रेखाजिले नै पाउनु भएको छ, रेखाजि ले पाउनु भएको अवार्डलाई अब के भन्ने म दोधारमा परे…”

रेखाको उत्तर, “प्रदिप दाजु को कमेन्ट पढे खुशि लग्यो। प्रदिप दाजु, हिजो को कुरा र आज को कुरा अलग छ कारण हिजो म नितान्त नायिका मात्र थिए, अरुको फिल्म मा अभिनय गर्थे, अन्य निर्माताले मलाई र म अभिनित फिल्म लाई मनोनयन मा पार्नु हुन्थो, तर आज म स्वयं निर्माता र अभिनेत्रि बनिसकेको अवस्था छ। आज परिस्थिति र समय बुझ्न सक्ने बनेकि छु। अबको समय मैले मेरो लागि होइन, उदयमान र सक्षम कलाकारको हितमा बोल्नु र मार्गदर्शन दिनु मेरो कर्तब्य हो भन्ने बुजेकि छु। कोहि कसैसंग सहमति र बिमति राख्न मैले पाउछु पनि। मलाई भन्नुस, वर्ष भरि मा कति ओटा फिल्म रिलिज हुन्छन, अनि कति ओटा फिल्म अवार्ड कार्येक्रममा सहभागि हुन्छन? अवार्ड आयोजना हुन लाग्दा खुशि भएर, कति जना निर्माता ले फिल्मको मनोनयन गराउदछन् ?”

pradeep k uday

प्रदिपको उत्तर: “भर्खर अब हुने नेफ्टा अवार्डमा ८२ मध्ये ७५ चलचित्रले भाग लिएको घोषणा गरिएको छ। यसबाट नेपालि चलचित्र निर्माता अझै नेपालि अवार्डलाई सम्मान गर्नुहुन्छ भन्ने मान्न सकिन्छ।”

shanti priya

पत्रकार शान्ति प्रियाको कमेन्ट, “चलचित्रले भाग लिनु नलिनु भन्ने कुरा आफ्नो ठाउमा होला तर रेखा जस्तो मान्छेले यस्तो खालको बिचार राख्न अलि सुहाउदैन कि ? अवार्ड भन्ने कुरा प्रोत्साहन पनि हो । कुनै बेला लगातार रेखाले अवार्ड पनि लिएकी थिइन । अब यतिबेला रेखाका लागी शायद आबश्यक रहेन होला । तर अवार्डको आशा राख्ने र आबश्यक हुनेहरु अहिले पनि थुप्रै छन । आखिर अवार्ड कुनै न कुनै चलचित्रकर्मिले नै त पाउने हो । वकिल, इन्जिनियर, नेता ले त फिल्म को अवार्ड पाएका हैनन होला । यसैले आफु ले भाग लिए पनि नलिए पनि अवार्ड को सम्मान गर्दा नै हाम्रो जस्तो अबिकसित चलचित्र उध्योग मा फाइदा होला रेखा ।”

फोटो – १. रेखा थापा २. प्रदिप के उदय अभिनेत्रि आशिश्मा नकर्मिका साथ्,  ३. पत्रकार शान्ति प्रिया

नोट – यो लेखमा  ‘सजिलो नेपालि’ प्रयोगको लागि सबै ह्रस्वमा लेखिएको छ । बुझ्नमा समस्या भएमा कमेन्ट गर्नुहोला।

One thought on “रेखा थापाले बहिष्कार गरिन फिल्म अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *