बैशाख १२को भुकम्पका कारण रोकिएको नेपालि चलचित्रहरुको रिलिज आषाढ दोश्रो हप्तासम्म पनि खुल्न सकेको छैन। केहि पुराना फिल्महरु रिलिज गरिए पनि ति चलचित्रले दर्शक नपाएर छोटो समयमा नै हलबाट उतार्नु परेको थियो भने नयाँ फिल्महरु चाँहि अहिलेसम्म रिलिज गरिएका छैनन्। श्रावणमा पनि अहिले सम्म श्रावण २२ मा प्रदर्शन हुने ‘सपना तिमो मेरो’ को मात्रै रिलिज निश्चित गरिएको अबस्था छ । तेसैले, अहिले सम्म प्रदर्शन गर्न नपाएर रोकिएका चलचित्रहरु भाद्र महिनामा भने जुध्ने सम्भावना देखिएको छ।
अडियो रिपोर्ट:
अहिलेसम्मको रिलिज क्यालेण्डर अनुसार, भाद्र महिनाका नयाँ फिल्म निम्न छन्:
भाद्र ४ गते – ‘होस्टेल रिटन्र्स’ रिलिज हुँदै छ । यस अघि वैशाख २५ गतेको रिलिज मिति परिबर्तन गरेर भाद्र ४ मा रिलिज गर्ने निर्णय गरिएको हो । ‘सायद’ र ‘होस्टेल’ जस्ता सफल फिल्म निर्माण गरेको इतिहास भएका सुनिल रावलले बनाएको यो फिल्म पनि सफल हुने सम्भावना बोकेको फिल्ममा गनिन्छ ।
भाद्र ११ मा जालमा गितले तहल्का मच्चाउन सफल ‘रेशम फिलिलि’ फेरि लाग्नेछ । यो फिल्म वैशाख ११मा रिलिज भएर एकदिन मात्र चलेर बन्द भएको हो । सोहि दिन अभिनेता निखिल उप्रेतीले निर्माण, निर्देशन र अभिनय गरेको फिल्म ‘भैरव’ रिलिज हुनेछ । यी दुवै फिल्म सम्भावना बोकेका फिल्ममा गनिन्छन तेसैले यो भिडन्तले निर्मातालाइ फाइदा भन्दा घाटा नै हुने सम्भावना रहन्छ ।
यस पछिको हप्ता भाद्र १८मा अहिले सम्म कुनै फिल्म रिलिजको खबर आएको छैन तर, त्यस पछिको हप्ता भाद्र २५मा भने कम्तिमा एउटा आशा गरिएको नयाँ फिल्म रिलिज हुँदैछ। त्यो हप्ता रिलिज हुने युवाहरुको प्रेम कथामा भनेको फिल्म ‘लभ सब’ लाइ आशा गरिएको चलचित्र मानिएको छ ।
सोहि दिनमा शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘जाउँ हिड पोखरा’ पनि लाग्ने चर्चा चलेको छ ।तर आधिकारिक रुपमा कुनै समाचार नआएको हुनाले अहिलेनै भन्न नसकिने अवस्था छ । ‘जाउँ हिड पोखरा’ भए पनि नभए पनि चार वटा राम्रा मानिएका चलचित्र एकै महिनामा रिलिज हुनुले नेपालि फिल्म क्षेत्रलाइ घाटा नै हुने जानकारहरु बताउछन् ।
त्यस पछिको महिना, असोजमा चाडबाडलाइ लक्षित गरेर अरु चलचित्रहरु प्रदर्शन शुरु हुने निश्चित छ।
नोट – बिगत केहि समय देखिको प्रयोग, दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘लाइ यहाँ पनि निरन्तरता दिइएको छ ।
2 thoughts on “भदौमा फिल्मको बाढि”