नेपालि फिल्मको रिलिज तालिका

भुकम्पका कारण स्थगित भएका नयाँ फिल्महरु अब रिलिज हुन शुरु भएका छन् । अघिल्लो हप्ता ‘वान साइड लभ’ रिलिज भएर शुरु भएको नयाँ फिल्म रिलिज यो हप्ता बिराज भट्टको फिल्म ‘जंगभुमि’ रिलिज भएर निरन्तरता पाएको छ । यो पोस्टमा अबका दिनमा रिलिज हुने नयाँ नेपालि फिल्महरुको बिबरण जम्मा गरिएको छ।

अहिले सम्म रिलिज मिति तोकिएका आगामि नयाँ नेपालि फिल्महरु निम्न छन् :

  • श्रावण २२ – सपना तिमो मेरो

भाद्र रिलिज

  • भाद्र ४ – होस्टेल रिटर्न्स
  • भाद्र ११ – रेशम फिलिलि
  • भाद्र ११ -  भैरब
  • भाद्र २५ – लब सब
  • असोज १ – वडा नम्बर ६
  • असोज ८ – कामचोर

दशै तिहार रिलिज:

  • कार्तिक ३ – जेठ ८ गते रिलिज हुने भनिएको ‘अधकट्टि’  मोफसलमा कार्तिक ३  र उपत्यकामा कार्तिक ६ गते रिलिज हुने भएको छ।
  • कार्तिक ६ – ‘चंखे, शंखे, पंखे’ पनि दशैमा रिलिज हुने घोषणा यस अघि ने गरेको छ।
  • कार्तिक २७ – लुटेरा – निखिल उप्रेतिको फिल्म

बर्षान्त रिलिज:

  • मंसिर ४ – ‘कबड्डी’को सिक्वल ‘कबड्डी कबड्डी’  रिलिज हुने भएको छ
  • माघ २९ मा ‘क्लासिक’ र ‘प्रेम गीत’
  • फाल्गुन २१  – भर्खरै छाँयाकंन सुरु भएको ‘पशुपति प्रसाद’ को पनि रिलिज मिति तोकिसकिएको छ सोहि दिन अर्को फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ पनि रिलिज हुने भएको छ ।
  • चैत्र २६ – ‘चपलि हाइट’को सिक्वल फिल्म ‘चपलि हाइट- २’ बर्षको अन्तिम शुक्रबार रिलिज हुनेछ ।
  • चैत्र २६ – चपलि हाइट २ सँगै सोहि मितिमा ‘नाईँ नभन्नू ल ४’ पनि रिलिज हुनेछ
  • चैत्र २६ – छविराज ओझाले पनि ‘किस्मत’को सिक्वल ‘किस्मत २’ सोहि मितिमा रिलिज गर्ने भनेका छन्।
  • चैत्र २६ – रेखा थापाले निर्माण गरेको फिल्म ‘रामप्यारि’पनि भुकम्पले दशै बाट सरेर् सोही मितिमा रिलिज हुने भएको छ।
  • चैत्र २६ – गोविन्द शाहीले फिल्म ‘कहाँ छौ कहाँ’ को सिक्वल ‘कहाँ छौ कहाँ २’ पनि सोहि मितिमा रिलिज गर्ने भनेका छन्।

यो लेखमा पनि ‘सजिलो नेपालि‘ प्रयोगको लागि सबै दिर्घ लाइ ह्रास्व बनाइएका छन्।

#अपडेट १ (july 11) — वडा नम्बर ६, कहाँ छौ कहाँ २, र रामप्यारीको रिलिज मिति पनि थपिएको छ !
#अपडेट २ (July 13) — कामचोर, क्लासिक, प्रेम गीत, फुलै फुलको मौसम तिमिलाइ

Leave a Reply

Your email address will not be published.