खालि – खाली, ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिने शब्दहरु

नेपालि भाषामा उहि अक्षर भएका तर ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिने धेरै कम शब्दहरु छन् ।

एक जना साथिले उडाउने पाराले भन्नु भएको थियो, “ह्रस्व र दिर्घ लेख्न सिकाउने जति नियमहरु छन् त्यो भन्दा पनि कम तेस्ता शब्द छन् जसले ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिन्छन।”

उनको यो भनाइ पुर्ण रुपमा सत्य त नहोला तर, मैले यस्ता शब्द खोज्दाको सास्तिले उनको भनाइ सत्यको नजिक रहेकोमा चाँहि कुनै शंका रहेन । यो लेखमा ह्रस्व र दिर्घ लेख्दा फरक हुने शब्द, तिनिहरुको शब्दार्थ र ति शब्दलाई वाक्यमा प्रयोग गरिएका छन् । वाक्यमा प्रयोग गर्दा भने ह्रस्व मात्र प्रयोग गरिएको छ। ह्रस्व मात्र प्रयोग गर्दा अर्थ बुझियो कि बुझिएन कृपया कमेन्ट गर्नुहोला।

खालि र खाली

एउटाले केवल (मात्र) भन्ने अर्थ दिन्छ भने अर्कोले भित्र केहि नभएको (रित्तो) भन्ने अर्थ दिन्छ !

khali khali

उदाहरण:

  • मेरो छोरो ले खालि दुख दिइ रहन्छ ।
  • औषधि बिहान खालि पेटमा खानु ।
  • आज साझा बस खालि नै रहेछ, सिट सजिलै पाइयो ।

नोट – दोश्रो र तेस्रो वाक्यमा ‘लि’लाइ दिर्घ लेख्नु पर्ने थियो, तर अर्थ सजिलै बुझिने भएको ले मैले ह्रस्व नै लेखेको हुँ। नेपालि भाषामा दिर्घ इकार र उकारलाइ ह्रस्वलाइ भन्दा अलिक लामो (लेघ्रो तानेर) उच्चारण गरिन्छ। तर, बोलिचालिमा यसरी छुट्याएर कमैले बोल्ने गरेका छन्  । यस्तो बोलिलाइ भाषाविदहरुले ‘झर्रो नेपालि’ नामाकरण गरेका छन् ।

यि बाहेक अरु पनि यस्ता शब्दहरु छन्, ति शब्दहरुलाइ पनि यसै गरि उदाहरणमा प्रयोग गरेर पोस्ट गरिने छ । ट्विटर का साथिहरुको सहयोगमा अहिले सम्म जम्मा गरिएका शब्दहरु निम्न छन् । थप शबदहरु कमेन्टमा  सुझाउनु भएमा आभारि हुने थियौं ।

खालि र खाली

  • खालि एउटै कुरामा मात्र ध्यान दिएर हुदैन ।
  • छिमेकिकहाँ मोहि माग्न गएको खालि हात नै फर्काइदियो

जाति र जाती

  • मानव जातिले धेरै प्रगति गरिसकेको छ।
  • कसो गरे जाति हुन्थ्यो होला?

फुल र फूल

  • सुत्केरि बेलामा कुखुराको फुल खानु धेरै फाइदाजनक हुन्छ ।
  • मलाइ फुलको माला एकदमै मन पर्छ ।

तिर र तीर

  • हरिण शिकारिको तिर लागेर ढल्यो ।
  • म खोला तिर घुम्न्द जान्छु, तिमि पनि आउने हो ?

दिन र दीन

  • दिन दिनै मासु भात खाँन पनि पुग्छ ।
  • मलाइ दिन दुखिलाइ सहयोग गर्न मन पर्छ ।

दिशा र दीशा

  • चर्पि नबनाएर जंगलमा दिशा गरेर कतिन्जेल टर्छ ?
  • उत्तर दिशा तर्फ फर्केर १ घण्टा हिंडे पछि घर मै पुगिन्छ ।

सिता र सीता

  • मेरि साथि सिता पल्ला घरे संतेसंग भागिछ ।
  • आमाले भन्नु भयो, ” एक सिता पनि नपोखि खानु है ।”

लागि र लागी

  • कस्को लागि जम्मा गरेको यत्रो सम्पति ।
  • जिन्दगि भरि नै यस्तै भाग्य लागि रहोस ।

तिन र तीन (अर्थ ? )

जुन र जून

  • जुन दिन देखि म यहाँ आएँ सबै ठिक भइ रहेको छ ।
  • जुन जुन दिशामा छ तेतै तिर जानु ।

पुरा र पूरा

  • आमालाइ बाले छोडेको पुरा नखाइ चित्तै बुझ्दैन ।
  • ल त यो सबै एक घण्टामा नै पुरा गरेर ल्याउ ।

सुन र सून

  • सुन महंगो भयो ।
  • ए सुन त ।

शित र शीत (चित्रमा गल्तिले दुइटै दिर्घ भएका रहेछन, मिलाएर पढनुहोला)

  • हो शितले नै भिजाएको हो ।
  • म तिमि शित त जान्न है ।

लिन र लीन

  • हर्के खुबै लिन भएर काम गरिरहेको छ त ।
  • हर्केलाइ लिन सिता आएकि छ ।

nepali language

यो पोस्ट पनि ‘सजिलो नेपालि‘ को एक प्रयोग हो।

One thought on “खालि – खाली, ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिने शब्दहरु

Leave a Reply

Your email address will not be published.