नारिका बत्तिस लक्षण के के हुन? (सुन्दर महिलाका ३२ लक्षणहरु)

हिन्दु धर्मका विभिन्न शास्त्रहरुमा नारिका बत्तिस लक्षणहरुकोबारे चर्चा गरिएको छन । सुन्दरता अनुहारमा मात्र नभएर अन्य अंग, स्वभाब र चालचलनमा पनि देखिन्छ भन्ने कुराको बिचार गरेर बनाइएका यि लक्षणहरु सबै चित्त बुझ्दा नभए पनि आज मैले यिनिहरुको बिश्लेशण गर्ने चेष्टा गरेको छु । महिलालाइ सुन्दरताको प्रतिक मान्ने हाम्रो संस्कार रहेको भए पनि नारिबादि सोच भएको आजको समाजले यो विश्लेषणलाइ पनि पुरातन त पुरुषप्रधान समाजको अवशेष मान्नेमा भने कुनै शंका छैन ।

यि गुणहरु कुनै पनि प्रष्टरुपमा नबताइएको र गुणात्मक रुपमामात्र प्रस्ट्याइएको हुनाले प्रत्येक व्यक्तिको भिन्न भिन्न धारणा राख्न मिल्ने खालका छन् ।

विशिष्ट रूपमा हेरिने बत्तिस लक्षणले युक्त नारिका गुणहरु निम्न छन्:

१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिने (गोलाकार छ छैन कसरि थाहा पाउने होला?)

padmashan

२. हातका औंला लामा लामा हुने नारि (लामो भन्नाले कति इन्च वा सेन्टिमिटर होला?)

३. औंलाका कापमा छाला केहि बढि र जोड्दा टम्म मिलेका भएको (कति बढि छाला, कुन छाला? मोटो हुनु पर्छ भनेको हो? )

hand

४. छाला नरम भएको र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज भएको (तेज लाइ कसरि मापन गरिन्छ? उमेर कति बर्षमा ढल्किन्छ ?)

५. शरिरमा विभिन्न थरीका सात सुगन्ध (सुगन्ध कस्तो हुन्छ, कसैले सुगन्ध ठानेको कुरा अर्कोलाइ दुर्गन्ध जस्तो पनि लाग्न सक्छ? अनि सात वटा सुगन्ध कसरि पत्ता लाग्ला ?)

६. हरिणका जस्ता खुट्टा (हरिणको खुट्टामा के बिशेषता छ? मलाइ त मान्छेको जस्तो खुट्टा भएका राम्रा लाग्छन !)

deer

७. गुप्तांग गुप्त रहनु (गुप्तै हुन्छन कसैले पनि देखाएर हिडेको देखेको छैन, अनि चेक कसरि गर्नु नि ?)

८. शरिरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु (सिंहको के चै सलक्क मिलेको छ? फोटो हेर्नु त)

Old lion

९. शरिरका अंग सुगठित हुनु (जिम गरेकि हुनु पर्यो, के डंगोलको जस्तै?)

kay dangol

१०. काँध पुष्ट, चौडा र गोलो हुनु (पुष्ट भए नभएको कसरि मापन गर्नु? गोलो र च्याप्टो पनि कसरि थाहा हुन्छ ? तलको फोटो गोलो कि च्याप्टो?)

back photo
११. पाखुरा राम्रोसँग र्फकने
१२. लामा पाखुरा (कति लामा?)

andolan hands
१३. सम्पुर्ण शरिर तेजोमय (तेज त झन कसरि नाप्ने होला?)
१४. शंखजस्तै घाँटि (शंख र घाँटि उस्तै हुन्छन र?)

shell and neck
१. सोझो र सिंहको जस्तो चिउँडो (सिंहको चिउँडोमा त रौँ नै रौँ हुन्छ, तै पनि तालको फोटोको राम्रो कि नराम्रो?)

neck and chiudo

१६. बत्तिसवटा दाँत (क्राउन गन्ने कि नगन्ने?)
१७. दाँत चम्किला (चमकको पनि मापन गर्ने बिधि कसरि होला?)
१८. समान र टमक्क मिलेका दाँत (आजकाल सबैले ब्रेस लगाएर भए पनि मिलाएका हुन्छन)
१९. स्वच्छ र सुन्दर बंगारा (डेन्टिस्टकहाँ रेगुलारलि जाने भनेको हो?)
२०.लामो जिब्रो (लामो र छोटो पनि ननापि कसरि थाहा पाउने हो अनि कति से.मि. भन्दा लामोलाई लामो भन्ने?)

kali tongue२१ सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता (
२२. भँगेराको जस्तो स्वर (भँगेराको स्वर मिठो हुन्छ र?)
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणि
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता

bull and neelkamal

२५.आँखिभौँका बिचमा कोमल र सुक्ष्म रेखा (तलको फोटोको आँखिभौँ माथिको साँढेका संग तुलना गरौँ त! अनि निलकमलको रंग जस्तो भए झन् कस्तो हुन्थ्यो होला? )

Aishwarya-Rai-eyes

२६. मिलेको केश (कोरि बाटि गरेको भनेको होला)

२७.अकबरी सुनजस्तै प्रदीप्त शरिर (अकबरको सुनको सिक्का भनेको होला, तलका सिक्का हेरेर शरिर कस्तो हुनु पर्ने रहेछ जान्नुहोस!)

akabar gold coin

२८. प्रबल र प्रभावशालि व्यक्तित्व

२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ (धेरै? दाहिने तिर नै किन?)

३०. नीलमणिजस्तो कालो र टल्कने केश (टल्कने त ठिक छ, बिचरा खैरो रौँ हुनेहरु)

३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारिरिक लक्षण आकर्षक

३२ दृढ स्वभाव

यो लेख पनि ‘सजिलो नेपालि‘ प्रयोगको एक भाग हो ! सबै ह्रस्वलेख्दा कुनै शब्द नबुझिएमा वा उल्टो अर्थ लागेमा कमेन्ट गरेर सहयोग गर्नुहोला । यस ऐतिहासिक प्रयोगमा पाठकको रुपमा भाग लिनु भएकोमा धेरै धन्यबाद !

One thought on “नारिका बत्तिस लक्षण के के हुन? (सुन्दर महिलाका ३२ लक्षणहरु)

Leave a Reply

Your email address will not be published.