दुइ नाबालकलाइ छोडेर आशा परलोक गइन, नेपाल जाने सपना अधुरै

डिभी परेर सात बर्ष अघि अमेरिका आएका आशा र पुर्ण पौडेल दम्पतिलाइ दुइ सन्तानको जन्म र कामको व्यस्तताले नेपाल फर्कने फुर्सतनै भएको थिएन । यो बर्ष दशैमा परिवार नै  नेपाल जाने तयारीका साथ टिकट समेत बुकिङ गरिसकेको यो परिवारमा बज्रपात त्यो बेला भयो जब आशालाइ क्यालिफोर्नियाको नदिले बगाएर परलोक पुर्यायो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=Sh_BhUlgN9M

asha 3

सुर्खेतबाट करिब ७ बर्ष अगाडि अमेरिका पुगेको पौडेल परिवार क्यालिफोर्निया स्थित सेक्रेमेण्टो बसोवास गरीरहेकोछ । करिब दुई बर्ष अगाडि एक घर खरिद गरेका पौडेल दम्पतिका एक ५ बर्षका अर्का २ बर्षको छोरा छन्। आशा बिगत चार वर्षदेखि युर्निभर्सिटि पोष्ट एक्युट रिह्याब नामक स्वास्थ्य संस्थामा नर्स सहायकको रुपमा कार्यरत थिइन्।

छुट्टीको समयमा सपरिवारका साथ अमेरिकाको क्यालिर्फोनिया स्थित डिस्कभर पार्कमा रहेको सेक्रमेण्टो नदिको किनारमा घुम्न गएकि आशा एक्कासि नदीमा खसिन्।  उनका श्रिमान् पूर्ण पौडेलले बचाउने प्रयत्न गर्दा उनलाई पनि खोलाले बगायो । आशासँगै अर्कि नेपाली उषा विसि र उनकी छोरि पनि डुबेका थिए । पुर्णलाइ र उषाका आमा छोरिलाइ दुइ अमेरिकिहरुले बचाए पनि आशालाइ भने बचाउन सकिएन । आशाको शव प्रहरिले चार दिनपछि मात्रै फेला पार्यो ।

सो नदीले दश दिनमा उषासमेत पाँच जनाको ज्ञान लिएको खबर छ। द सेक्रेमेण्टो बीई पत्रिकाका अनुसार सन् २००३ देखि हालसम्म ७२ जनाले सो नदीमा ज्यान गुमाइ सकेका छन्। आशालाई पौडि खेल्न नआउनु र नदिमा जाँदा पुर्‍याउनुपर्ने समान्य सावधानि नअपनाउनुका कारण ले सो दुर्घटना भएको बताइन्छ ।

निकै मृदुभाषी मिलनसार स्वभावकि आशाको असामायिक निधनले स्थानीय सेक्रेमेण्टो निबासिहरु शोकमा डुबेका छन् । आशा गित गाउन र नृत्यको सौखिन आशाको शव जुलाई ११ शनिबार दिन हिन्दु संस्कार अनुसार दाहसंस्कार करिब एक सय भन्दा बढी नेपालि तथा विदेशिहरुको उपस्थितिमा गरिएको थियो।

अमेरिकामा दाहसंस्कार महंगो भएको हुनाले सो खर्च धान्न आशाका परिवारको सहयोगका लागि ग्रेटर सेक्रोमेण्टोमा रहेको नेप्लिज फ्रेण्ड्स एण्ड कल्चरल एसोसियस (नाफ्का)ले सहयोगका लागि  एक कोष खडा गरेर चन्दा संकलन गरेको छ। आशाका नाबालक छोराहरु र उनीहरुको भविष्यको सहयोगको लागि अमेरिकामा बसोवास गर्ने नेपाली माझ सहयोगका लागि अपिल गरिएको बताइएको छ ।

बिस्तृत विवरण – Sacbee.com and foxnews

(यो पनि “सजिलो नेपालि” प्रयोग हो)

One thought on “दुइ नाबालकलाइ छोडेर आशा परलोक गइन, नेपाल जाने सपना अधुरै

Leave a Reply

Your email address will not be published.