कुखुरि काँ प्यारोडि, भुकम्प सन्धर्भ

बालावस्थामा चर्चित गाना “कुखुरि काँ”लाइ भुकम्प जाँदै गर्दा प्यारोडि बनाएर एक व्यक्तिले त्विटरमा बाड्नु भएको थियो । अहिले ति को महाशय हुनुहुन्छ भन्ने थाह नभए पनि उनको प्यारोडि, उनकै हस्ताक्षरम, यहाँ पोस्ट गरेको छु। आशा छ, यसका रचियाताले कमेन्ट गरेर जानकारि दिनु हुनेछ ।

kukhuri kaa - parody

सजिलो नेपालि‘ प्रयोगको निम्ति यस चित्रमा भएका चार शब्दहरुलाइ ह्रस्व बनाएर पढदा पनि खासै फरक पर्ने देखिदैन:

कुखुरि काँ !

भुइंचालो याँ !!

खोइ हाम्रो भुइंचालो ?

भुगर्भविद्लाइ सोधौं !

खोइ भुगर्भविद् ?

ज्योतिषि काँ गए

खै ज्योतिषि?

पालमुनि सुते

खै पाल ?

सभाषदले थुते

खै सभाषद ?

कुलेलम ठोके !!!!!

Leave a Reply

Your email address will not be published.