हेटौडा पछि अब ‘टिचर’ नारायणगढमा पनि

सन्देशमुलक चलचित्र ‘टिचर’ शिक्षक र बिध्यार्थिको मनोविज्ञानमा आधारित भएर बनाइएको फिल्म हो ।यस अघि हेटौडामा रिलिज भएको यो चलचित्र अब यहि साउन १५ गतेबाट नारायणगढमा पनि प्रदर्शन शुरु हुने भएको छ । निर्माता तथा निर्देशक शोभित बस्नेतले निर्माण गरेको यो चलचित्रको निर्माण युनिटले हालै नारायणगढमा एक पत्रकार सम्मेलन गर्दै  चितवन रिलिज समबन्धि जानकारि गराएको थियो ।

teacher poster

उक्त पत्रकार सम्मेलनमा निर्देशक शोभित बस्नेतले फिल्मले हेटौडामा पाएको सफलताले आफु उत्साहित भएको र अब नारायणगढ हुदै अन्य स्थानहरुमा पनि रिलिज गर्ने योजना बनाएको वताए । अरु फिल्म जस्तो हलहरुमा भने रिलिज गर्ने कुनै लक्ष्य नलिएको बताउँदै पोखरा लगायत अन्य शहरहरुमा पनि तेसै गरि रिलिज गर्ने उनको तयारि रहेको बताए ।

असारको पहिलो सातादेखि हेटौडामा प्रदर्शन शुरु गरिएको सो फिल्म व्यवसायिक रुपमा सफल भएको र फिल्म हेर्न आउने दर्शकको राम्रै भिड लाग्ने निर्देश बस्नेत ले बताउछन्

‘टिचर’ नारायण्गढको गणेश चित्र मन्दिरमा साउन १५ बाट प्रदर्शन शुरु हुदैछ ।

teacher show in hetauda

(‘सजिलो नेपालि‘ प्रयोग)

Leave a Reply

Your email address will not be published.