मरेको नाटक गरेका युनिटि संचालक दाजुभाइ पक्राउ

फरार रहेका युनिटि लाइफ इन्टरनेशनलका सञ्चालक दाजु भाइ विष्णु खत्रि र कृष्ण क्षेत्रि हालै पक्राउ परेका छन् । सर्वसाधारणको अर्बौ रुपैयाँ ठगि गरेको आरोप लागेका खत्रि दाजु भाइलाइ  महानगरिय प्रहरि अपराध महाशाखाको टोलिले नेपाल-भारतको सिमा क्षेत्र गड्डा चौकिबाट पक्राउ गरेको बताएको छ । विहान साढे ५ बजेतिर उनिहरु लुकेको स्थान बाट नै पक्राउ गरेको प्रहरिले बताएको छ ।

४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णुको स्थाइ घर पवर्तको आर्थर डाँडाखर्क ३ हो। केहि समय अघि कृष्णले फेसबुकमा ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भनेर फोटो पोस्ट गरेका थिए । सो मरेको नाटक गरेर पछि प्रहरिले त्यसलाइ नै चुनौति मानेर प्रहरि निरिक्षक सुदिप पाठकको कमाण्डमा एक टोलि फिल्डमा खटाएको थियो । भारतिय प्रहरिको पनि समन्वयमा क्षेत्रि दाजुभाइलाइ प्रक्राउ गर्न सकिएको प्रहरिले बताएको छ। यसरि क्षेत्रि दाजुभाइ आफ्नै फन्दामा परेर पक्राउ परेका हुन ।

सरकारि निकायबाट अनुमति नै नलिइ युनिटि लाइफ इन्स्योरेन्स र सहकारि संस्थाहरु सञ्चालन गरेर सर्वसाधारणको अर्बौ रुपैया ठगी गरेको थियो । विभिन्न प्रकारका सेवा दिने भन्दै युनिटिले पाँच वर्षमा ३ लाख ६६ हजार ३ सय ३४ सदस्यबाट ३ अर्ब ७९ करोड भन्दा बढि रकम उठाएको थियो । युनिटि काण्डका १२ जना अभियुक्तलाई ललितपुर जिल्ला अदालतले तिन वर्ष कैद र १ अर्ब करोड ६ लाख २६ हजार बिगो बराबरको जरिवाना सुनाएको थियो ।

बिमा समितिको अनुमति नलिइ  बिमासम्बन्धि कुनै पनि कारोबार गर्न पाइदैन भने सहकारि विभागको सहमति नलिइ सहकारि सञ्चालन गर्न नपाइँने भए पनि यि कुनै अनुमति नलिइ युनिटिले बीमा र बित्तिय कारोबार गर्दै आएको थियो ।  वित्तिय कारोबारका लागि लिनु पर्ने राष्ट्र बैंकबाट पनि इजाजत पनि युनिटिले लिएको थिएन ।

(यो सजिलो नेपालि प्रयोगको एक हिस्सा हो)

Leave a Reply

Your email address will not be published.