कृष्ण जन्माष्टमिको परिचय र शुभकामना

हिन्दु धर्मावलम्बिहरुले प्रत्येक बर्ष भाद्र कृष्ण अष्टमिका दिन कृष्ण जन्माष्टमि पर्ब मनाउछन्। श्रिकृष्ण भगवानलाइ सम्झेर यो दिन कृष्णको पुजा तथा उपसना गरिन्छ । साथै धार्मिक प्रवचन र पाठपुजा  गर्नुका साथै कृष्णको रथयात्रा र झुला झुलाउने पनि चलन छ ।

यो पर्वको बारेमा छोटो परिचय:

विष्णु भगवानले अन्याय, अत्याचार र अशुर  प्रवृत्तिबाट मानिसहरुलाइ मुक्त गर्न र संरक्षण प्रदान गर्न मानिसको रुपमा बारम्बार पृथ्विमा जन्म लिने गर्दथे। हिन्दु धर्मका ग्रन्थहरु अनुसार, बिष्णुले लिएका दश विभिन्न अवतार मध्ये कृष्ण अवतार उनको आठौं अवतारका थियो।

krishna birthd day moha ratri

महाभारत ग्रन्थका अनुसार कृष्ण जन्मेको समयमा उनका आमा र बाबुलाइ उनका आफ्नै मामा कंशले जेलमा थुनेको थिए। चारैतिर सेनाको कडा सुरक्षा भएको भए पनि कृष्ण जन्मेको समयमा विष्णुको मोहित पार्ने शक्तिका कारण सबै सैनिक निदाएका थिए। त्यसैबेला भएको आकाशवाणिले बताए अनुसार कृष्णका बाबु वासुदेवले उनलाइ वृन्दावनस्थित उनका मित्र नन्दको घरमा छाडेर सोहि समयमा जन्मेकि नन्दपुत्रि लाइ लिएर जेलमा आएका थिए । निदाएका सबै सैनिक उनि फर्के पनि मात्र ब्युँझिएको महाभारत ग्रन्थमा उल्लेख गरिएको छ। तेसैले, कृष्ण जन्मिएको रातलाइ मोहरात्रि पनि भनिन्छ ।

कृष्ण जन्माष्टमिका दिन पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर, गोठाटारमा रहेको नवतनधाम, बुढानिलकण्ठस्थित कृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडिगाउँ पिपलबोटभित्र रहेको कृष्ण मन्दिर आदि स्थान लगाएत नेपाल र भारतका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुँइचो लाग्छ ।

जन्माष्टमिका दिन व्रत बसि राति १२ बजे कृष्ण जन्मिएको सम्झना गरेर पुजा गर्ने चलन छ । उनि जन्मेको दिनमा रातभर जाग्राम बसेर कृष्णको भक्ति सङ्गित गाउँने चलन पनि छ ।

सम्पुर्ण पाठकहरुमा कृष्ण जन्माष्टमिको मंगलमय शुभकामना!

Shree krishan janmastami

Leave a Reply

Your email address will not be published.