विश्वका सबै भन्दा होचा चन्द्र बहादुर डाँगिको अमेरिकामा निधन

विश्वका सबै भन्दा होचा भनेर रेकर्ड राख्न सफल नेपालि चन्द्र बहादुर डाँगिको नेपालि समय अनुसार शुक्रबार दिउसो अमेरिकामा निधन भएको छ । सांस्कृतिक कार्यक्रमको लागि अमेरिका भ्रमणमा रहेका ७५ बर्षिय डाँगि अचानक अस्वस्थ भए पछि अमेरिकाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

चन्द्र बहादुरको निधनको बारेमा अडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=NPEbyeUAY8Q

वि.सं १९९६ मङ्सिर १५ गते सल्यानमा जन्मेर दाङमा बसोबास गर्ने चन्द्रबहादुर ७० बर्ष हुँदासम्म उनि संसारमै अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति रहेको थाहा थिएन । उनको उचाइ १८ वर्ष हुँदा नै थाहा भएको भए बिश्व रेकर्ड कायम गर्ने आरु धेरैले रेकर्ड कायम गर्न नै पाउने थिएनन ।

चन्द्र बहादुर डाँगि भन्दा पहिले रेकर्ड कायम गर्ने जुन्रे वालाविङ र सो भन्दा पहिले होचो व्यक्तिको रेकर्ड कायम गर्ने नेपालि खगेन्द्र थापा मगर चन्द्रबहादुर भन्दा धेरै अग्ला छन् । चन्द्रबहादुर भन्दा पहिला बिश्वमै सबै भन्दा होचा व्यक्ति उनि भन्दा साढे २ से.मि. अग्ला भारतका गुल मोहम्मद थिए । यिनीहरुको उचाइ:

  • चन्द्र बहादुर डाँगि – ५४.६ से.मि. उचाइ
  • गुल मोहम्मद – ५७ से.मि.
  • जुन्रे वालाविङ – ५९.९३ से.मि.
  • खगेन्द्र – ६७.०९ सेमि

चन्द्र बहादुर डाँगिको तौल जम्मा १२ किलो थियो  । उनका बारेमा हामीले यस अघि पनि केहि पोस्टहरु गरेका थियौं  ।

पुर्व पोष्टहरु:

chandra bahadur dangi gunness world record

chandra bahadur dangi

chandra bahadur

Leave a Reply

Your email address will not be published.