रिमा विश्वकर्माले आइतबार बिवाह गर्दै

मोडल तथा अभिनेत्रि रिमा विश्वकर्मा असोज १० गते आइतबार वैवाहिक बन्धनमा बाँधिने भएकि छिन् । रिमाले लण्डनमा स्थाइ बसोबास गर्दै आएका रोबर्ट ल्वागुन र्विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् । सबैले रोब भनेर् बोलाउने रोबर्टलाइ रिमाले पहिलो पटक फेसबुकमा भेटेकि थिइन  । रोबर्ताले रिमालाइ एक मेसेज पठाएका थिए रिमाले गरेको एक राजनितिक टिप्पणिलाइ लिएर । सोहि मेसेजको रिप्लाइ र आदान प्रदान बाट यि दुइमा प्रेम बसेको रिमाले बताएकि छिन ।

भिडियो रिपोर्ट :

पैत्रिक घर धरानमा भएका रोब बिगत १४ बर्ष देखि रिडिंग युकेमा स्थायि रुपमा बसोबास गर्दै आएका छन । गणितमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । हाल उनि रिडिङकै प्रतिष्ठित भेरिजन इन्टरप्राइजेजमा ट्रान्सफर्मेसन प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत छन ।

बिवाह पछि रिमा ४-५ दिनमा नै काममा फर्किने सोचमा छन । उनका करिव आधा दर्जन चलचित्रको कामा सक्नु पर्ने भएको ले बिवाह पछि नै युके जाने कुनै कार्यक्रम नभएको रिमा बताउंछिन ।  रोबले पनि रिमा कामको लागि युके र नेपाल ओहर दोहोर गरि रहने बताएका छन् ।

गुपचुप इन्गेजमेन्ट गरेकि रिमाले शुक्रबार आफ्नो फिल्म “भाले फाइट”को रिलिज पछि मात्रै रोबर्टलाई सारबजनिक गरेकि हुन ।   वैवाहिक कार्यक्रम बौद्धको होटल हायातमा सम्पन्न हुनेछ । पत्रकारितामा स्नातक गरेकि  रिमाले विवाह पछि पनि फिल्म तथा मोडलिङलाई निरन्तरता दिने चाहानालाइ रोबले पनि समर्थन र सहयोग् गर्ने बताएका छन् ।

पत्रकारको रुपमा मिडियामा प्रवेस गरेकि रिमाले म्युजिक भिडियो मोडलिंग हुँदै ‘स्वर’बाट ठुलो स्क्रिन फिल्ममा डेब्यु गरे पछि ‘भिजा गर्ल’,”रितु” आदि फिल्ममा अभिनय् गरेकि छिन । रिमाले प्युजिक भिडियोमा पनि छुट्टै स्थान बनाउन सफल भएकि छिन ।

एक्सनेपालि टिमको तर्फबाट   रिमा र रोबर्टको बैवाहिक जिवनको सफलताको लागि अग्रिम शुभकामना !

robert and reem bk

One thought on “रिमा विश्वकर्माले आइतबार बिवाह गर्दै

Leave a Reply

Your email address will not be published.