तिर्सना बुढाथोकि अनलाइन मिडिया बिरुद्ध प्रहरिकोमा पुगिन

मोडल तिर्सना बुढाथोकीले केहि अनलाइन पत्रिकाहरुले  झुठो अन्तरवार्ता प्रकाशित गरेको भनेर प्रहरिमा उजुरि दिएकि छिन । तिर्सनाले सो उजुरिको फोटो फेसबुकमा अपलोड गर्दै उनको बारेमा “अनावश्यक, अश्लिल समाचार तथा अन्तरबार्ता प्रकाशित नगर्नुहुन सबैमा अनुरोध” गरेकि छिन । महानगरिय अपराध महाशाखा काठमाण्डौंलाइ सम्बोधन गरिएको सो निबेदनमा एक टिकट टाँसिएको छ भने निबेदकको नाम र मिति भने देखिएको छैन। प्रहरि कार्यालयमा पेश गरेको वा दर्ता भएको पनि कुनै प्रमाण देखिंदैन।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=52DoGiI6Je0

सो पत्रका अनुसार उनका अन्तरवार्ता भनेर उनिसंग कुनै खवर वा कुराकानि नै नगरि अश्लिल शब्दहरु प्रयोग गरि प्रकाशन गरेको आरोप लगाइएका छन । उनले ति ब्यक्तिहरुलाइ पत्ता लागाइ पक्राउ गरि आबश्यक कारबाहि गर्न अनुरोध पनि गरेकि छिन । उनले ति प्रकाशकहरुसंग सम्पर्क गर्न नसकेको र सो कुराले उनको इज्जतमा बाधा अबरोध पुर्याउनुको साथै मानसिक यातना पनि भएको उल्लेख गरेकि छिन ।

उनी भन्छिन, “मेरो चरित्र हत्या हुने गरि समाचार प्रकाशित गर्ने अनलाइन मिडियाको घोर भर्सना गर्दछु । मेरो बारेमा विभिन्न अनलाइनमा प्रकाशित अश्लील समाचार र अन्तरबार्ताले मेरो मानहानी भएको छ, साथै मलाई मानसिक रुपमा समेत तनाब दिने काम भएकाले महानगरिय अपराध महाशाखामा आज उजुरी दिएको छु । अनलाइन मिडियालाई प्रेस काउन्सिलमा दर्ता भएका हुन भने आचारसंहिता अन्तर्गत कारबाही गर्न र दर्ता नभएका मिडिया भए विधुतीय एन अन्तर्गत कारबाही गर्न अनुरोध गर्दछु ।”

tirsana budhathoki complaints

कसैका अश्लिल भिडियो आए, कोही नांगो भए तर मेरो फोटोलाई लिएर किन विवाद ? : तिर्सना बुढाथोकी

मोडेल तथा अभिनेत्रि तिर्सना बुढाथोकि बेलाबेलामा अश्लिल फोटो खिचेर चर्चित भइ रहन रुचाउँछिन । सामाजिक संजालका फेसबुक र ट्विटरमा सक्रिय यि मोडलले आफ्ना फोटो र बिचारहरु शेयर गरि रहन्छिन् ।

हालै फेसबुकमा एक पोस्ट लेख्दै तिर्सनाले आफुले अहिले सम्म निर्बस्त्र फोटो शुट नगरेको दावि गरेकि छिन । छोटो कपडा र बिकिनि शुट पक्कै गरेको बताउँदै हुनले भनिन तेस्तो फोटो भनेको मोडलिङ्मा कुनै नया कुरा होइन होला । उनि भन्छिन “राजनितिले देश नाङ्गिदा,मान्छेको सोच नाङ्गिदा फरक पर्दैन तर नारिको कपडा छोटो हुदा यहाँ आकास खस्छ।” उनि ठोकुवा गर्छिन, “म नाङगिएको हैन, हेर्ने मानिसहरुको सोच नाङ्गिएको पक्कै हो ।”

फेसबुकमा एक नग्न फोटो शेयर गर्दै अर्को पोस्ट लेख्दै तिर्सनाले भनिन “नेपालमा नै कतिका अश्लिल भिडियो आए, कोहि नाङ्गो भए तर किन मेरो यो फोटोलाई लिएर विवाद भयो ?  एउटा मोडल, नायिका भएको हिसावले नर्मल नै हो । मैले गरिरहेको काम राम्रो बनाउनका लागि मिहिनेत गर्नु मेरो कर्तव्य हो ।’
सो तस्विरमा उनले बाथरुममा नुहाउँदै गरेको देख्न सकिन्छ । शरिरमा सावुन लगाइएको छ र उनि सर्वाङ्ग नाङ्गो भएको स्पष्ट देखिए पनि स्तनलाइ भने फोटो बाहिर पारिएको छ ।

तिर्सना भन्छिन आफूले गरेको मिहिनेतलाई कसैले नकारात्मक रुपले हेर्छ भने आफ्नो भन्नु केही नभएको र त्यस्तो भनाइले उनलाइ कुनै असर नगर्ने पनि उनले बताउँदै आएकि छिन। उनका तस्बिर हरुलाइ लिएर हुने विभिन्न टिका–टिप्पणी लाइ उनले सामान्य कुरा भएको मान्छिन ।

tirsana budhathoki on bed

tirsana budhathoki

अपडेट: तिर्सनाको मेसेज जस्ताको तस्तै:

मेरो चरित्र हत्या हुने गरि अश्लील समाचार, अन्तरबार्ता प्रकाशित गर्ने सबै अनलाइनहरुलाई महानगरीय अपराध महाशाखामा उजुरी दिएको थिए । ती मध्यमा मेरो चरित्र हत्या गरेर समाचार प्रकाशन गर्ने खबर टाइम डट.कमले माफी माग्दै अब देखि यस्ता समाचार प्रकाशन नगर्ने जनाएका छन् । उनले आफूले पनि अन्य अनलाइनबाट समाचार साभार गरेका जानकारी दिए पछि उनीसंग मिलेमतो गरिएको हो ।

एउटा अनलाइनले माफी मागे पनि अन्य थुप्रै अनलाइन र ब्लगहरुले नभएका भ्रामक समाचार राखेको पाएको हुँदा उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउने मेरो कदम पछि हटेको छैन । मैले कानुनी प्रक्रिया सुरु गरिसकेकि छु, यस्को जिम्मेवार तपाईंहरुनै हुनुहुन्छ । मैले दिदै नदिएको अन्तरबार्ता, समाचार प्रकाशित गर्ने अनलाइनहरु प्रती मेरो घोर आपत्ति ब्यक्त गर्दछु । यस्तो समाचार प्रकाशित गरि मलाई सामाजिक तथा मानसिक रुपमा समेत तनाब दिने काम नगरिदिनुहोला । मेरो विषयमा गलत प्रचार नगरिदिनु हुन सबै मिडियालाई अनुरोध गर्दछु । मोडल – तिर्सना बुढाथोकी

tirsana budhathoki agreement with khabartime

One thought on “तिर्सना बुढाथोकि अनलाइन मिडिया बिरुद्ध प्रहरिकोमा पुगिन

Leave a Reply

Your email address will not be published.