अभिनेत्री पूजना प्रधान निर्माण गरेको फिल्म ‘चलकेट’ मंसिर १८ गतेबाट रिलिज हुँदै छ । हट छवि बनाएकि अभिनेत्रि पुजनाले यहि फिल्म मार्फत निर्मात्री बनेकि हुन । तेस्तै अर्कि अभिनेत्रि, करिश्मा मानन्धरको फिल्म “फागु” पनि चाँडै रिलिज हुंदै छ । अभिनेत्रिहरु निर्मात्रि बन्नु कुनै नयाँ कुरा भने होइन । धेरै अभिनेत्रिहरुले फिल्म निर्माण गरेका छन् तर, फिल्म निर्माण गरेर सफल हुने अभिनेत्रिहरु भने धेरै कम छन । आज म को को अभिनेत्रिहरु फिल्म निर्माणमा सफल भएका छन भनेर चर्चा गर्दैछु ।
सफल निर्मात्रिहरुको नाम लिंदा अभिनेत्रि रेखा थापा र झरना थापा को नाम सबै भन्दा पहिला आँउछ भने अन्य अभिनेत्रिहरु भने प्राय: असफल नै भएका छन् ।
भिडियो रिपोर्ट :
रेखा थापा
रेखा थापाको नाममा रेखा फिल्म्स दर्ता गरेर् उनका पुर्वपति छबिराज ओझाले धेरै सफल चलचित्र निर्माण गरेका थिए । छबि र रेखा छुट्टिए पछि सो ब्यानर रेखाले लगिन र “कालि”, “हिम्मतवालि” जस्ता सफल फिल्म निर्माण गरिन । तेसैले रेखालाइ सफल निर्मात्रि भन्न सकिन्छ ।
झरना थापा
झरना थापाका श्रिमान सुनिल कुमार थापा पनि सफल निर्माताको रुपमा परिचित छन् । उनको पहिलो फिल्म “धर्म संकट” को सफलता पछि निर्माण भएका “गोर्खालि”, “ए मेरो हजुर” र “तकदिर” सफल फिल्म भए । उनको फिल्म “फेसबुक” भने त्यति सफल हुन सकेको थिएन।
करिश्मा मानन्धर
फिल्म निर्माता र ब्यबसायि बिनोद मानन्धरसंग बिवाह गरेकि करिश्मा सुन्दर र सफल अभिनेत्रि भए पनि उनलाइ भाग्यमानि निर्मात्रि चाँहि भन्न मिल्दैन । अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म “बाबु साहेब” को असफलता पश्चात उनि केहि बर्ष अमेरिका पलायन भएकि थिइन । केहि बर्ष अमेरिका बसेर केहि बर्ष पहिले नेपाल फर्केकि करिश्मा अहिले फेरि ‘फागु’ मार्फत निर्माण मा फर्किएकि छिन् । ‘फागु’ अहिले रिलिजको तयारिमा छ ।
ऋचा घिमिरे
अभिनेत्री ऋचा घिमिरे फिल्म निर्माणमा सफल हुन नसके पछि अमेरिकामा हराएको आरोप लाग्ने गरेको छ । ऋचाले निर्देशक शंकर घिमिरेसंग विवाह गरे पछि निर्माणमा हात हालेकि हुन। “बिरताको चिनो”, “ब्रेक फेल” आदि चलचित्र निर्माण गरेकि ऋचाको पछिल्लो निर्माण “तुलसि” अहिलेसम्म नेपालमा प्रदर्शन भएको छैन ।
उमा बेबि
अभिनेत्रि उमा गिरि अर्थात उमा बेबिले पनि “शिशा” जस्ता फिल्म निर्माण गरे पनि निर्मात्रिको रुपमा भने उनलाइ सफलता हात लागेको छैन । (उमा गिरि को बारेमा अरु जानकारि nepaliactress.comमा पढ्नुहोस)
रेजिना उप्रेति
तेस्तै, अभिनेत्रि रेजिना उप्रेतिको पहिलो फिल्म “बरदान”को असफलताले उनलाइ पनि फिल्म क्षेत्रबाट नै पलायन बनाएको मानिन्छ । हाल बेलायत बसोबास गर्ने एनआरएन संग विवाह बन्धनमा बाँधिएकि यि अभिनेत्रिको बारेमा फिल्मनगरिमा कुनै चर्चा छैन ।
शुभेच्छा थापा
झरना थापाकि देवरानि शुभेच्छा थापाले पनि धेरै फिल्म निर्माण गरेकि छिन । आफ्नै निर्माणका फिल्ममा अभिनय गर्ने भए पनि उनका फिल्म चर्चा अनुरुप सफल हुन भने सकेका छैनन । सुभेच्छाका फिल्म हरु “मिस नेपाल”, “टाइगर द हिरो” आदि छन तर कुनै पनि फिल्मलाइ सफल भने मान्न सकिंदैन।
आशिका तामांग
फिल्म “शुश्रि” मा अभिनेत्रिमा डेब्यु गरेकि आशिका तामांगले सो फिल्म आफैले निर्माण गरेकि थिइन । आर्यन सिग्देलसंग रोमान्स गरेको सो फिल्म पनि सफल भने हुन सकेन ।
Incoming search terms:
- नेपालि बुलु फिमिम
- नेपालि सेकसि कुराकानि