सन्नि लियोनि नेपाल भ्रमणमा, भारतले अत्याबस्यक तेल र औषधि रोकेको बेलामा रक्सि लंच गर्ने सम्भावना

विश्वब्यापी फ्यान भएकी पुर्व पोर्न स्टार तथा वलिउड कि चर्चित अभिनेत्रि सन्नि लियोनिले यहि शनिवार साँझ नेपाल आएकी छिन् । आफ्ना पति डेनियलसँगै आएकि  सन्निको यो दोश्रो नेपाल भ्रमण हो ।

सन्निको नेपाल भ्रमणको उद्धेश्य आधिकारिक रुपमा नखुलाइए पनि उनले एक भारतिय रक्सिको ब्रान्ड नेपालमा लंच गर्ने सम्भावना रहेको छ  । हल्ला चले अनुसार सन्नि शुक्रबारनै आएर एक फेशन ईभेन्टमा भाग लिने भनिए पनि उनि कार्यक्रम सकिए पछि मात्र नेपाल आइपुगेकि हुन।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=LLFDAAfchcg

सन्निले शनिबार बिहान नेपाल जान लागेको कुरा टुईटर मार्फत सार्वजनिक गरेकि थिईन् । सन्निले नेपाल आफ्नो लागि विश्वकै मनपर्ने ठाउँ मध्येको एक भएको बताउँदै नेपाल जान उत्साहित भएको समेत उल्लेख गरेकी थिईन ।

भारतिय नाकाबन्दिले आक्रान्त बनेको नेपालमा सन्नि लियोनको भ्रमण सहज भने नहुने लक्षण देखिएको छ । अझ उनले उनि ब्र्यान्ड एम्बेसडर भएको भारतिय भोडकाको लन्च गरिन भने त्यसको असर झन अप्रिय हुने सम्भावना रहेको छ ।

सन्निले नेपाल भ्रमणको कुरा केहि अघि देखि नै गरेकि थिइन भने, तिहारको बेला नेपालिमा बोलेर दशैं तथा तिहारको शुभकामनाको साथसाथै भोडकाको प्रचार पनि गरेकि थिइन ।

पछिल्लो पटक सन्नि लियोनि बि.सं २०७१ सालको नयाँ बर्षको प्रोग्रामामा भाग लिन आएकि थिइन् । सो अबसरमा अभिनेत्रि निशा अधिकारि र उनका प्रेमि शरद भेस्वाकरले सन्नि लियोनिका जोडि संग फोटो खिचेका थिए ।

sunny leone and xing vodka

One thought on “सन्नि लियोनि नेपाल भ्रमणमा, भारतले अत्याबस्यक तेल र औषधि रोकेको बेलामा रक्सि लंच गर्ने सम्भावना

Leave a Reply

Your email address will not be published.