पुर्व युवराज पारश शाहको बंगलामुखिमा पुजा अर्चना (भिडियो रिपोर्ट)

पुर्व युवराज पारश शाहले शनिबार अपरान्ह ललितपुरको बंगलामुखीमा बिषेश पुजा अर्चना गरी टिका तथा प्रसाद ग्रहण गरेका छन । बहिनिका साथ बंगलामुखि मन्दिरमा पुजाआजाका लागि पुगेका पारसको स्वागतमा समर्थकले नाराबाजि पनि गरेका थिए  । देश अशान्ति र अभावको बातावरणमा रुमल्लिइरहँदा पारसले देशको सुख, शान्ति र समृद्धिको कामना गर्दै भगवति बंगलामुखि माइका आरधना गरेको बताइएको छ । उनले केहि दिन अघि फेसबुकमा पनि जनताहरुले आफ्नो हितैशि को हो भनेर पहिल्याउनु पर्ने भन्दै लेखेका थिए ।

भिडियो रिपोर्ट:

बंगलामुखी माइ को मन्दिरमा आयोजना गरिएको मंसिर पुजाका साथै पञ्चबली दिने उपलक्षमा पारस लाइ बोलाइएको र सोहि पुजामा सरिक  हुन पुगेका पारसले पत्रकारहरुको प्रश्नको भने उत्तर दिएनन । दशमहाविद्या मध्येकी एक महाविद्या बंगलामुखीको मन्दिरमा धेरै पहिले देखि मंसिर पुजा र पञ्चबलि दिने प्रचलन चलिआएको हो ।

लामो समयको बिदेश बसाइ पछि नेपाल फर्केका पुर्वयुवराज पारस शाहको स्वास्थ्य स्थिति त्यति राम्रो नभएको उनको दुब्लोपनले बताएको छ । केहि समय अघि ह्रिदयघातका कारण अस्पताल नै भर्ना हुनु परेका पारस सार्बजनिक स्थलमा त्यति देखिंदैनन ।

paras shah in bagalamukhi

Leave a Reply

Your email address will not be published.