ओखलढुंगा, सिद्धिचरण श्रेष्ठको कविता

आज प्रस्तुत छ युग कवि सिद्धिचरण श्रेष्ठको सबै भन्दा मन पराइएको कविता “ओखलढुंगा”। ओखलढुंगामा जन्मेर काठमाण्डौंमा हुर्केका कविलाइ ओखलढुंगाले पछ्याइ रहेको र त्यहाँको सुन्दरताले बोलाइ रहेको उनले कविता मार्फत बताएका छन् । अरु पोष्टहरुमा जस्तै यसमा पनि दिर्घ हटाएर ह्रस्व मात्र प्रयोग गरिएको छ ।

यो कवितालाइ नारायण गोपालले गाएका थिए:

ओखलढुंगा

तिम्रै सुन्दर हरियालिमा
तिम्रै शितल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा!

जब म चढेर भावको डुंगा
सैर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशितल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा!

कुसुमाकरको आँचल पक्रि
मलाइ कति खोज्दि हुन् प्रकृति
मृग सावकहरू उफ्रि-उफ्रि
अरु लतिकाहरू हल्लि-हल्लि
मेरो प्यारो ओखलढुंगा!

ति अविरल परिश्रमि पतकार
द्रुतगामि निर्झर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुंगा!

तामाकोसि त्यो सुनकोसि
त्यो गिरि फोरि बहने रोसि
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा!

भाग्य लहरमा लहरि लहरि
पुगें म यस मरूस्थलमा कसरि
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुंगा!

 

नोट – ह्रस्व दिर्घको प्रयोग छन्द कवितामा बिशेष महत्वको हुने तर्कको प्रयोगको लागि आगामि केहि दिनमा छन्द कविताहरुका दिर्घलाइ मेटाएर र्हस्व बनाइ पोष्ट गरिने छन । यसरि कवितामा गरिएका परिवर्तनले यि कविताका सर्जकहरुको भाषा ज्ञानलाइ अबमुल्यन गरेको अर्थ नलागोस भन्ने अनुरोध छ ।

केहि बर्ष पहिले, मैले ओखलढुंगाको फोटो रिपोर्ट पनि लेखेको थिएँ यहाँ ।

लेखनाथ पौड्यालको कविता “कालमहिमा” यस अघि पोष्ट गरिएको थियो ।

One thought on “ओखलढुंगा, सिद्धिचरण श्रेष्ठको कविता

Leave a Reply

Your email address will not be published.