बाल्यकालमा १३ चर्चित नेपालि कलाकारहरु कस्ता थिए ?

हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :

राजेश हमाल

नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु ।

RAJESH HAMAL CHILDHOOD PHOTO

जल शाह

एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।

jal shah childhood photo

मनिषा कोईराला

बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन  । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।

manisha koirala childhood photo

झरना बज्राचार्य

मिस नेपाल १९९७ झरना बज्राचार्य अभिनेत्रि र मोडल हुन । धेरै फिल्ममा अभिनय गरे पनि झरनालाइ सफलता भने हात लागेन ।  झरनाले हालै मलेशियन नागरिकसंग बिवाह गरेर उतै बसोबास गर्न थालेकि छिन । उनले मेडिटेसन सिकाउने ब्यबसाय पनि शुरु गरेकि छिन । (अरु बाल्यकालको फोटोहरु भिडियोमा)

JHARANA BAJRACHARYA CHILDHOOD PHOTO COMPARED

झरना थापा

अभिनेत्रि झरना थापा नेपालि फिल्ममा सफल अभिनेत्रि हुन । उनले अभिनयका साथ साथै केहि सफल चलचित्र पनि निर्माण गरेकि छिन् ।

jharana thapa childhood photo compared

प्रियंका कार्कि

अभिनेत्रि प्रियंका कार्कि नयाँ पुस्ताकि सफल अभिनेत्रि र सबै भन्दा ब्यस्त अभिनेत्रि हुन । अमेरिकामा अध्ययन गरेर नेपालि फिल्म क्षेत्रमा काम गर्न भनेर फर्केकि प्रियंकाले फिल्म क्षेत्रकैलागि श्रिमानसंग पारपाचुके गरेको पनि दावि गर्छिन । (बाल्यकालको फोटो भिडियोमा)

PRIYANKA KARKI CHILDHOOD PHOTO COMPARED

दिपकराज गिरि

हास्य कलाकार दिपकराज गिरिले १२ बर्ष भन्दा लामो समयसम्म हालै बन्द भएको “तितोसत्य” हाँस्य टेलीचलचित्र चलाएका थिए । उनले “छ एकान ६” र “वडा नम्बर छ” जस्ता सफल चलचित्र नेपाली चलचित्र उद्योगलाई दिइसकेका छन् । उनि अभिनयसँगै, निर्देशन र निर्माणमा पनि पोख्त छन् ।

DEEPAK RAJ GIRI CHILDHOOD PHOTO

निता ढुङ्गाना

निता ढुङ्गाना, नेपालि चलचित्र क्षेत्रकि नाम चलेकि अभिनेत्रि हुन् । किशोरावस्थादेखि नै अभिनयमा लागेकि निता नेपाली चलचित्र उद्योगमा सफल र सुन्दरि नायिकाको रुपमा चिनिन्छन् । उनले अभिनय गरेको चलचित्र “नोटबुक”को गाला रातै बोलको गीतले उनलाई निक्कै चर्चित बनाएको थियो। (बाल्यकालको फोटो भिडियोमा)

NEETA DHUNGANA CHILDHOOD PHOTO COMPARED

निरु खड्का

निरु खड्का नेपाली हास्य अभिनय क्षेत्रमा चिनिएको नाम हो । चर्चित हाँस्यटेलीचलचित्र मेरिबास्सैमा उनको निर्मलिको भुमिकालाइ धेरै नेपालि दर्शकले मन पराएका थिए । निरुले चेतनामुलक नेपाली टेलिचलचित्र “थोरैभए पुगिसरि”बाट चिनिएकि अभिनेत्रि  हुन । उनि चलचित्र, टेलीचलचित्र, मोदलिंग र म्युजिक भिडियोमा पनि सक्रिय छिन । (बाल्यकालको फोटो भिडियोमा)

बिनिता बराल

“चपलि हाइट”कि अभिनेत्रि बिनिता बराललाइ कन्ट्रोभर्सियल अभिनेत्रि मानिन्छ । उनको दोश्रो चलचित्र फ्लप भए पछि अभिनयलाइ छोडेर क्रिषिमा सक्रिय भएकि बिनिता अहिले अमेरिकामा अध्ययनरत छिन । उनको तेस्रो चलचित्र “सुपरस्टार” रिलिज हुने क्रममा छ ।

binita-baral-compared-childhood-and-now

तेस्तै माथि राखिएको भिडियोमा “जेरि” फिल्म बाट नेपालि सिने क्षेत्रमा प्रवेश गरेकि आना शर्मा,  आकर्षक मुस्कानकि धनि मोडल र अभिनेत्रि बर्षा रावत र सानो पर्दामा जम्न सफल सरिता लामिछानेका बाल्यकालका फोटाहरु  पनि समावेश गरिएका छन ।

ANNA SHARMA CHILDHOOD PHOTO COMPARED

Leave a Reply

Your email address will not be published.