पौष १३ गते सोमबार प्रधानमन्त्रि निवास बालुवाटार फिल्ममय बनेको थियो । कार्यक्रम थियो, निर्देशक दिनेश डिसिको होम प्रोडक्सन फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ को श्रव्य तथा दृश्य सामाग्रिको लोकार्पण । प्रधानमन्त्रि केपि शर्मा ओलिको हातबाट, उनकै सरकारि निवासमा कुनै फिल्मको श्रव्य तथा दृश्य सार्वजनिक गरिएको यो नै पहिलो अवसर थियो। (Report In English)
भिडियो रिपोर्ट
यहि फागुन २१ गतेदेखि देशभरबाट प्रदर्शनमा आउने फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ को टाइटल गितको भिडियो हेरेपछि प्रधानमन्त्रि ओलिले आफु फिल्मको प्रमोबाट प्रभावित भएको भन्दै फिल्मका दश वटा टिकट किन्ने भनेका पनि थिए ।
सो अबसरमा डिसिको आग्रहमा ओलिले आफ्नि पत्निलाइ गुलाफको फुल समेत दिएका थिए । ओलिले देशको असहज परिस्थितिमा पनि फिल्मकर्मिहरुले गरिरहेको काम प्रशंसनिय रहेको बताउँदै थपे, “फिल्मको नाम राम्रो रहेछ । सफल होस् मेरो शुभकामना छ ।”
कार्यक्रममा फिल्मका निर्माता अमिर अलि, गायक राजेश पायल राइ, कोरियोग्राफर रामजि लामिछाने, निर्देशक डिसिसँगै मुख्य कलाकारहरु आमेश भण्डारि र निता ढुङ्गाना पनि उपस्थित थिए ।
देश असहज परिस्थितिमा गुज्रिरहेको र महिनौ देखि भारतिय नाकाबन्दि र मधेश आन्दोलन चलिरहेको बेलामा प्रधानमन्त्रि ओलिले केहि गर्न नसकेको आरोप लाग्ने गरेको छ । हालै गरिएको ४० सद्स्यिय मन्त्रिपरिसदको बिस्तारको बिरोध सेलाउन नपाउँदै आफ्नै निवासमा फिल्मि कार्यक्रम आयोजना गर्नु गैरजिम्मेबारिको पराकाष्टा भएको केहि राजनितिक बिश्लेषकहरुको भनाइ छ ।
देशको समस्या समाधान गर्ने मामलामा केपिको उदासिनता लाइ बरिष्ट पत्रकार गुणराज लुइँटेलले “निरोलाइ फिक्का पार्ने” उपमा दिएका छन् ।देशको समस्या प्रति उदासिन रहेर रमाइलो गर्नेलाई इतिहाँसमा रोम जलिरहँदा पनि बाँसुरि बजाएर रमाइलो गर्ने निरोसंग दाँज्ने गरिन्छ।
तेस्तै कार्टुनिष्ट दुर्गा बरालले केपिको उदासिनतालाइ निम्न कार्टुनले व्यंग गरेका छन्:
कमेन्ट गर्नुहोला!