श्रीकृष्णको जन्मदिनमा अनाथ बालबालिकालाइ न्यानो कपडा बितरण, स्वेताको अभिनयमा फर्कने तयारि

स्वर्गिय अभिनेता श्रिकृष्ण श्रेष्ठ पौष १४ गते जन्मेका थिए । उनको जन्मदिनमा स्वेता खड्काले श्रिकृष्ण लाइ सम्झदै अनाथ बालबालिकालाइ न्यानो कपडा वितरण गरिन । स्वेताले घर आगन नेपाल नाम गरेको अनाथाश्रमा मा रहेका ११ जना अनाथ बालबालिका, २ जना दृष्टिबिहिन र २ जना शारीरिक रुपमा असक्त व्यक्तिलाइ जाडो बेलाको लागि न्यानो कपडा वितरण गरिन ।

भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=q4nx5y9qmew

सो अवसरमा श्रिकृष्णलाइ सम्झदै स्वेताले भनिन “उहाँ यसैगरि असाहयलाई सहयोग गर्न मनपराउनु हुन्थ्यो । यसैले मैले पनि उहाँको जन्मदिनमा उहाँले नै गर्ने काम गरेकी हुँ ।”

स्वेतासँगै उनका गुरु नृत्य निर्देशक बसन्त श्रेष्ठले पनि घर आगन पुगेर स्वेता संगै न्यानो कपडा बितरण गरेका थिए  ।

sweta khadka celebrates shree krishna birthday by social work

स्वेता अभिनयमा फर्कने तयारि

अर्को खवर अनुसार आगामि बर्ष स्वेता फेरि अभिनयमा फर्कने तयारि गरिरहेकि छिन । उनले अभिनय, मोडलिंग र फिल्म निर्माण तिन वटै बिधामा सक्रिय हुने तयारि गरिरहेको बताएकि छिन ।

एक अनलाइनका अनुसार स्वेताले अहिले तिनवटा स्क्रिप्टमा काम गरिरहेकि छिन । सबै सफल फिल्महरुको सिक्वेल बनिरहेको हुनाले “कोहिनुर” फिल्म को पनि सिक्वेल बन्ने सम्भावना देखिन्छ । तर स्वेताले भने सो कुराको पुष्टि गरेकि छैनन ।

स्वेतालाइ बाहिरि ब्यानरबाट पनि अफर आएको भए आफ्नै स्क्रिप्टहरुमा ब्यस्त भएको हुनाले बाहिरि फिल्म गर्ने नगर्ने भने निर्णय गरि सकेकि छैनन ।

श्रिकृष्ण श्रेष्ठसंग विवाह गरेको एक महिनामा नै श्रिमानको निधन पछि स्वेताको लामो समयसम्म गुप्तबास बसेकि थिइन उनको अनुहारमा मुस्कान करिव डेढ वर्ष पछि हालै मात्र फर्किएको हो ।

sweta khadka

Leave a Reply

Your email address will not be published.