पारसको ४५ औं जन्मदिनमा छोरि पुर्णिका सरिक, पत्नि हिमानि र बाबुआमा देखिएनन

पुर्व युवराज पारस शाहको ४५ औं जन्मदिनको उपलक्षमा उनको निवासस्थान जिवनकुन्जमा एक बिशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा बिभिन्न ब्यक्तिहरुले पारसलाइ जन्मदिनको शुभकामना दिनुका साथै सामुहिक भेटघाट गरेका थिए ।

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=uk_mc2XmOk0

सो अबसरमा पारसको शुख शान्ति र दिर्घायुको कामन गर्दै कमलादि गणेशस्थान र नेपालेश्वर महादेवको मन्दिरमा पुजा पाठ पनि गरिएको थियो ।  जिवनकुन्जमा भएको सो कार्यक्रममा ति पुजा पाठ गरेर ल्याइएको प्रसाद पनि पारसलाइ हस्तान्तरण गरिएको थियो ।

paras daughter Purnika Shah

सो अबसरमा पारस पुत्रि पुर्णिका सरिक भए पनि उनकि पत्नि हिमानि, बाबु ज्ञानेन्द्र र आमा कोमल भने देखिएनन । तेस्तै छोरा ह्रदयेन्द्र र कान्छि छोरि कृतिका पनि सो कार्यक्रममा देखिएनन ।

पारसले लामो समय थाइलेण्डमा प्रेमिकासंग बसेको र हिमानिलाइ वास्ता नगरेको भनेर पति पत्नि बिच राम्रो सम्बन्ध नभएको बजारमा हल्ला छ  । तेस्तै उनका बाबुआमाले पनि छोरो बिग्रेको भनेर नसुध्रेसम्म घरमा छिर्न नदिने अडानमा छन्  । पारस लामो समयको बिदेश बसाइ पछि केहि समय अघि मात्र स्वदेश फर्केका हुन ।

यस अघि भाडामा बसेका पारस अहिले जिवनकुन्ज मा सरेको बुझ्न सकिन्छ । निर्मल निवास जस्तै महाराजगंजमा अबस्थित जिवनकुन्ज पनि ज्ञानेन्द्रको स्वमित्वमा रहेको निवास हो ।

पशुपतिमा निशुल्क भोजन

पारसको जन्मदिन को उपलक्षमा पौष १६ गते शिवसेना नेपाल र श्रि शिवशक्ति राहुलेश्वर फाउन्डेसनको संयुक्त आयोजनामा गते पशुपति बनकालि क्षेत्रमा निशुल्क भोजन गर्ने कार्यक्रम पनि गरिएको छ । सो अबसरमा भोजन गराउन पुर्व युवराज पारस बिहान ११ बजे पशुपति पुग्ने कार्यक्रम रहेको छ ।

paras shah birthday celebration

फोटो क्रेडिट – राजकुमार थापा

One thought on “पारसको ४५ औं जन्मदिनमा छोरि पुर्णिका सरिक, पत्नि हिमानि र बाबुआमा देखिएनन

Leave a Reply

Your email address will not be published.