क्रान्ति, बाबु त्रिपाठिको कविता

कवि बाबु त्रिपाठिले रचना गरेको क्रान्ति शिर्षकको कविता मान्छे मार्ने, तोडफोड गर्ने तथाकथित क्रान्तिको बिरुद्धको आवाज हो । यो कविता उनले सन २०१४ मा वाचन गरेका थिए, सुन्नुहोस उनकै स्वरमा:

https://www.youtube.com/watch?v=CbUccI7Hjac

पढन चहानेको लागि:

क्रान्ति

कसैको मन नदुखाइकन
कसैकोओ झुपडि नजलाइकन
कसैलाइ टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति

क्रान्ति त –
बामे सरिरहेका नानिहरु गर्दै छन्
कलिला पाउले जमिन टेक्न खोजेर ।
क्रान्ति त –
बैसाखी टेकेका खुट्टाहरु गर्दै छन्
बैसाखी फालेर ।

हरियो क्रान्तिका लागि
सबेरै हिंडेका छन् –
हलो र जुवाहरु ।

क्रान्ति त कुटो कोदालोहरु गर्दै छन्
बगरलाई गरामा परिणत गर्न ।
फाँटहरुमा फलिदिन्छन् सुनका बालाहरु ।
पग्ले पनि होचो नहुने क्रान्तिमा छन् हिमालहरु ।
जस्तै आपत् विपतमा पनि
देश छाडेर प्रवासतिर गएका छैनन् पहाडहरु ।
झोलाभरि विचारको हतियार बोकेर हिंडेका छन् कविहरु ।
जातभन्दा माथि उठेर
मानिस – मानिस बन्न खोजिरहेछ ।

कसैको मन नदुखाइकन
कसैको झुपडी नजलाइकन
कसैलाई टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति !
क्रन्ति त –
मेरी विधुवा आमाले गरेकी छिन्
रातो चुरा लगाएर ।

babu Tripathi poet

Leave a Reply

Your email address will not be published.