भगवति केसि नाम गरेकि एक सुन्दरि युवतिलाइ हालै प्रहरिले पक्राउ गरेको खबर आएको छ । अनलाइनखवरमा प्रकाशित एक समाचार अनुसार उनले डाक्टर भएको दावि गरेको र डिआइजिको छोऱि भएको झुठो बोलेर बिभिन्न मानिसलाइ ठगेको आरोप लगाइएको छ । हेर्दा सुन्दर देखिने यि युवतिले आफ्नो रुप र बिभिन्न झुठा परिचय बनाएर पुरुषहरुलाइ ठग्ने गरेको प्रहरिले बताएको छ ।
भिडियो रिपोर्ट:
प्रहरिले केसिसंग ठगिका प्रयोग भएका ९ वटा मोबाइल नम्बर, र बिभिन्न फेसबुक खाताहरु पनि फेला पारेको छ । उनले बिभिन्न समयमा कहिले डा. सुहाना केसि कहिले अदिति अनि कहिले दृष्टि केसिको नामले परिचय दिने गरेको पनि प्रहरिले जनाएको छ ।
गुल्मि हस्तिचौर-९ निवासि हुन २३ वर्षकि युवति भवगति केसिले पोखराका धेरै मानिसहरुलाइ ठगेको बताइएको छ । उनि बैशाख १२ को भुकम्प पछि ठगि पोखरा छोडेर ठगि धन्दालाइ काठमाडौंमा बिस्तार गरेको आरोप लागेको छ । प्रहरिका अनुसार केहि पुरुषहरुलाइ उनले भारतसम्म पुर्याएर ठग्न भ्याइसकेकि थिइन । उनले ठगेकामा ठुला व्यापारिदेखि कलाकारसम्म रहेको समाचारमा उल्लेख छ । तर, को को कलाकारलाइ ठगिन भन्ने भने प्रहरिले बताएको छैन ।
फेसबुकमा डा. सुहाना केसि
यो बारेमा फेसबुकमा खोज्दा डा. सुहाना केसि को नाममा एउटा एकाउन्ट फेला परेको छ । सो एकाउन्टमा महानायक राजेश हमाल देखि छविराज ओझासंग संगै बसेको फोटो राखिएको छ। प्रहरिले भगवतिले को को कलाकारलाइ ठगिन भनेर नभने पनि फोटो हेर्दा उनले राजेश हमाल वा छवि ओझा वा दुबै जनालाइ ठगेको बुझ्न सकिन्छ ।
भगवति केसि पक्राउ
यहि पौष १९ गते आइतबार महानगरिय प्रहरि अपराध महाशाखाको टोलेले सिनामंगलबाट पक्राउ भबवतिलाइ गरेको छ । प्रहरिका अनुसार यस अघि ०७१ साल असोज २६ गते सातदोबाटो प्रहरि हिरासतमा एक रात बसेको पनि खुलेको छ । सो बेला उनले एकजना पुरुषसँग डाक्टर हुँ भन्दै वैबाहिक सम्वन्ध राख्न खोज्दा विवाद भए पछि पक्राउ परेकि थिइन । तेस्तै गत वर्ष पोखराको एक पत्रिकामा पनि उनले डाक्टरलाइ ठगेको समाचार प्रकाशित भएपछि उनि काठमाडौं आएर ठगि गर्न थालेको प्रहरिले जनाएको छ ।
भगवति डाक्टर भएर बिभिन्न अस्पतालमा पुगेर विरामिको चेकजाँच समेत गर्ने र कहिले डिआइजिकि छोऱि भएको भन्दै होटेलहरुमा ठग्ने गरेको बताइएको छ ।
प्रहरिले कसको उजुरिमा र कुन कुन अपराधको लागि पक्राउ गरेको प्रस्ट पारेको छैन ।