महिलाहरु बिच प्रचलित स्वस्थानिको ब्रत महिला बिरोधि भएको आवाज उठने गरे पनि यसको लोकप्रियतामा कुनै कमि आएको छैन । आजको भिडियोमा यिनै कुराको चर्चा गर्नुको साथै, भिडियोमा नसमेटिएको स्वस्थानिको ब्रत कथाको परिचय भिडियो पछि लेखिएको छ।
आज यो भिडियो ब्लगमा राखिएको भिडियोको सारांश:
- नारिहरुले गर्ने र नारि देबिको ब्रतकथा कसरि पुरुष प्रधान छ ?
- के के कारण ले यो कथा महिला बिरोधि मानिएको छ ?
- किन स्वस्थानिलाइ स्वस्थानि ब्रतकथा नभनेर “महादेव ब्रतकथा” भन्न सकिन्छ ?
- स्वस्थानिका अनुसार नारिले गर्न नहुने र गरेमा पाप लाग्ने के के कुरा हुन ?
- के स्वस्थानिमा सबै महिला बिरोधि कुरा मात्र छन् त ?
- महिलावादिले स्वस्थानिको बिरोध गरेकोमा पुरुषहरुले के भन्छन?
- के स्वस्थानिको पुनर्लेखन आबश्यक छ त ?
श्रि स्वस्थानिको ब्रत कथा के हो ?
हरेक वर्षको पौष शुक्लपुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म नारिहरूले अत्यन्त श्रद्धापुर्वक श्रि स्वस्थानिको व्रत गर्ने चलन छ । स्वस्थानिको पौराणिक कथा अनुसार सत्ययुगमा हिमालयकि छोरि पार्वतिले महादेवसंग विवाह गर्न पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर भोकभोकै तपस्यामा गरेकि थिइन् । कथा अनुसार तपस्याबाट प्रवावित भएर भगवान बिष्णु उत्पन्न भएर पार्वतिको मनोकाङ्क्षा पुरा भएको थियो। सोहि तपस्यालाइ नै स्वस्थानि ब्रत बिधि मानिएको हो। इच्छाएको पति पाउनुको अलवा स्वस्थानि ब्रतको प्रभावले सुख सन्तोष, उन्नति अमन चयन प्राप्त हुने पनि विश्वास गरिन्छ ।
स्वस्थानि को ब्रतालिने व्रतालुहरु महिलाहरुको संख्या पनि पहिले भन्दा आजकाल बढेको विश्वास गरिन्छ । मेरो बिचारमा यो बढोत्तरि सुचना र सुबिधाको सरलिकरणले गर्दा भएको हुनु पर्छ । पहिला ब्रतालुहरु शालि नदिमा स्नान गर्ने गर्थे भने आजकाल त्यहिंको धर्मशालामा बसेर विधिपुर्वक व्रतको अनुष्ठान गर्ने महिलाहरूको संख्या उल्लेख्य रहेको छ ।
यो भिडियो तयार गर्न प्रयोग गरेका संधर्व सामाग्रि निम्न छन् (लेख प्रकाशित भएको बर्ष इश्वि संबतमा):
- स्वस्थानि कथा विभेदको सुरुवाति कथा (नारायणि देवकोटा) – इ.२०१३
- स्वस्थानि ब्रत कथा आस्था र निन्दा (केशब काफ्ले)
- स्वास्थानि व्रतकथा समयानुकुल परिमार्जन र पुनर्लेखन आवश्यक (मायामितु न्यौपाने) – इ.२०१४
- स्वस्थानि माहात्म्य र महिला (यमुना अर्याल)
- स्वस्थानि, हिंसा र आजका महिला (महालक्ष्मि सिलवाल) – इ.२०१३
- स्वस्थानि महिला र वालशोषणको पाठशाला (सावित्रि गौतम)* – इ. २०१४
- स्वस्थानि व्रत कथाको लेखेक बारे भ्रम र अन्योलता पण्डित ज्युहरु स्वयं (लक्ष्मि तामांग) – इ. २०१५
- स्वस्थानिका शिवजि (रामेश्वरि पन्त)
- स्वस्थानि, नारि र विरोधाभासहरु (साधना प्रतिक्षा)
*अपडेट – साबित्रि गौतमको लेखको शिर्षक उहाँले दिएको जानकारि अनुसार सच्याइएको छ।
@AnandNepal 'स्वस्थानी महिला र वालशोषणको पाठशाला' हो मेरो लेखको शिर्षक
— Sabitri Gautam (@saabitrigautam) January 31, 2016