अपडेट: प्रार्थाना सभाको बारेमा भिडियो :
पोखरामा बलत्कार पछि हत्या गरिएकि अभिनेत्रि र मोडल नेहा पुनको हत्या भएकोमा नेपालि अभिनेत्रिहरुको पहलमा काठमाण्डौंमा श्रद्धान्जलि भेला आयोजना हुँदै छ । माइतिघर मण्डलामा आज शनिवार बेलुका ५:३० बजे आयोजना हुने प्रार्थना सभामा नेहाको आत्माको चिर शान्तिको कामनाका साथै हत्याराको छिटो पहिचान गरि कारवाहिको माग पनि गरिने खवर छ । भिडियो रिपोर्ट:
अभिनेत्रिहरु प्रियंका कार्कि, केकि अधिकारि, गौरि मल्ल, रिचा शर्मा, निशा अधिकारि, बर्षा राउत, माल्भिका सुब्बा, शृष्टि श्रेष्ठ, नन्दिता केसि आदि अभिनेत्रिहरुले फेसबुक, ट्विटर, इन्स्टाग्रामा आदि सोसल मिडियामा नेहाको आत्माको चिर शान्तिको कामना गर्दै उनले न्याय पाउनु पर्ने आशयका मेसेजहरु शेयर गरेका छन् ।
दुइ मगर फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकि नेहा भनिने योरुना पुन गत सोमवार काममा गए पछि घर फर्किइनन । उनि मंगलवार बिहान आफ्नो घर भन्दा करिब चार सय मिटर पर अर्धनग्न अवस्थामा मृत भेटिइन । उनको हत्यारालाइ पत्ता लगाएर कारबाहि गर्न पोखरामा बिभिन्न बिरोध र्यालिहरु आयोजना भइ रहेका छन् । नेहाको हत्या को बारेमा मैले यस अघि उनिप्रति श्रद्धान्जलि सहित, चर्चा गरेको थिएँ।
अघिल्लो भिडियो ब्लग: