सुशिल कोइरालाको हलिउड सपना राजा महेन्द्रले तोडे

गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री सुशिल कोइरालालाइ युवा अबस्थामा राजनिति भन्दा पनि अभिनयमा सोख भएको बुझिएको छ । कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार सुशिल कोइरालाका बाबु बोधप्रसाद कोइरालाले सुशिललाइ सरकारि जागिर खुवाउन चहेको भए पनि उनलाइ भने जागिर खानु भन्दा हलिउडको हिरो बन्न मनलागेको थियो । अभिनय तालिमका लागि अमेरिका जाने सबै तयारि हुँदै गर्दा नै बि.स.२०१७ सालमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएर प्रजातन्त्रको अन्त्य गरे पछि कोइराला हिरो बन्ने सपना त्यागेर भारत पलायन भएर १६ वर्ष निर्वासनमा रहे। फिल्ममा हिरो बन्न नपाएका सुशिल कोइराला राजनितिमा भने हिरो भए ।

बिस्तृत बिवरण भिडियोमा:

https://www.youtube.com/watch?v=q-TNzfEtQwg

थप जानकारि: अभिनेता बन्ने चहाना पुरा गर्न उनले भारतबाट नृत्य र फोटोग्राफि सम्बन्धि प्रशिक्षण पनि लिएका थिए । अभिनय प्रशिक्षणको लागि अमेरिका जाने तयारिमा रहेका शुशिलको अमेरिका जाने भिसा समेत आइसकेको थियो पनि भनिन्छ। तर, २०१७ सालको पुस १ गते राजा महेन्द्रले “कु” गरेपछि उनलाइ विदेश जान समेत प्रतिबन्ध लाग्यो ।

हिरो बन्न तम्तयार बनेका कोईराला त्यो घटनापछि राजनीतिमा सक्रिय हुनुपर्ने ठानेर एकाएक नेपाली कांग्रेसको राजनीतिमा होमिए । सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसकेका हुन्थे र सम्भवतः यतिबेला हलिउडमा जमिरहेका हुन्थे भन्ने गर्छन् ।

सुशिल कोइरालाला पहिलो संबिधानसभाले लेख्न नसकेको संबिधान दोश्रो संबिधानसभामा दुइ तिहाइ मतका साथ प्रधानमन्त्रि भए पछि सबै राजनितिक शक्तिसंग समन्वय गरेर असोज ३ गते जारि गर्नुको श्रेय गरेको छ ।

sushil koirala acting dream and politics

सुशिल कोइरालाको निधन र श्रदान्जलिको यस अघि पोष्ट भइ सकेको भिडियो यहाँ फेरि एम्बेड गरेको छु:

Leave a Reply

Your email address will not be published.