अहिलेकै अवस्था रहे १० वर्षपछि सरकारले कर्मचारीलाइ पेन्सन खुवाउन नसक्ने

अहिले पेन्सन लिइ रहेका पुर्व कर्मचारिहरुलाइ पेन्सन खुवाउन खर्चिलो भएको भन्दै पेन्सन दिने प्रक्रिया परिवर्तन गर्न एक प्रतिवेदनले सुझाव दिएको छ ।  सामान्य प्रशासनमन्त्रि रेखा शर्माले सो प्रतिवेदन अध्ययन गरिरहेको र पेन्सन दिन संकट आउन नदिन कार्यदलको प्रतिवेदनलाइ कार्यान्वयन गर्ने पनि बताएकि छिन ।

सो प्रतिवेदनमा यदि सरकारले पेन्सन दिने प्रक्रिया परिवर्तन नगरेमा अबको १० बर्षमा यो खर्च सरकारले धान्नै नसक्ने गरेर बढ्ने उल्लेख गरिएको छ । भिडियो रिपोर्ट:

तथ्यांकहरु :

  • अहिले पेन्सन खाइ रहेका कर्मचारि शंख्या ५०,०००
  • बार्षिक करिव ४,००० थप कर्मचारिले अवकाश पाउने
  • अहिले कर्मचारीलाई पेन्सन खुवाउन मात्रै वार्षिक २६ अर्ब खर्च
  • यो खर्च १० बर्षमा बढेर ४६ अर्ब पुग्न सक्ने
  • अहिले पेन्सनमा कुल राजस्वको ७ प्रतिशत खर्च
  • अरु देशमा कुल राजस्वको २ प्रतिशत भन्दा कम मात्रै पेन्सनमा खर्च गरिने

rekha sharma minister pension

Leave a Reply

Your email address will not be published.