नेपालका पुर्वयुवराज पारस शाह थाइल्याण्डबाट नेपाल फर्केर यतै बसोबास गर्न थाले पछि आजकाल उनकि थाइ प्रेमिका कन्निका चाइसानले उनको बारेमा फेसबुकमा विभिन्न अभिव्यक्ति दिन थालेकि छिन । उनका यस्ता अभिव्यक्तिहरु चर्चित हुने प्रयासमात्र भएको पनि शंका गरिएको छ ।
यहि फेब्रुअरि २४ तारिख बुधबार कन्निका चाइसानले पारस पत्नि हिमानिको फोटो अपलोड गरेर उनको विरुद्ध रिस पोख्दै फेसबुकमा एक स्ट्याटस लेखेकि छिन । कन्निकाले सो स्तेटस भने लेखेको केहि समयमा नै मेटेको भए पनि मेट्नु भन्दा पहिले नै नयाँ पत्रिका दैनिकले स्क्रिनशट लिएको थियो (सो फोटो यो पोस्टको अन्तिममा राखिएको छ)।
भिडियो रिपोर्ट:
कन्निकाले यस अघि उनको ८ बर्षे छोरा युनिभर्सले पारसलाइ सम्झने बताउदै नेपाल जाने इच्छा गरेको भनेर लेखेकि थिइन् । कन्निकाको रिस सोहि बिषयमा भएको हुन सक्ने सम्भावना भए पनि उनले भने सो बारेमा केहि बोलेकि छैनन् ।
कन्निकाले उनको गालिमा हिन्दु धर्मको प्रसङ्ग पनि जोडेको हुनाले उनको उद्देश्य यो बिषयमा चर्चा होस भन्ने भएको प्रष्ट हुन्छ ।
One thought on “हिमानिलाइ "को केटी हो यो?" भनिन पारसकि प्रेमिका कन्निकाले”