सनि लियोनि किन धुमपान बिरुद्धको छोटो फिल्म खेल्न राजि भइन ?

बलिउड अभिनेत्री सनि लियोनिले हाले एक धुमपान बिरुद्धको चेतनामुलक छोटो फिल्ममा अभिनय गरेकि छिन् । उनको यो सामाजिक कार्यको बारेमा जानकारि दिन भारतमा एक कार्यक्रम भएको थियो जसमा सनिले उनलाइ नो–स्मोकिङ क्याम्पेनमा किन सक्रिय हुन मन लाग्यो भनेर चर्चा गरेकि छिन् ।

भिडियो रिपोर्ट:

सनिले आफ्ना पिताको मृत्यु चुरोटकै कारणले भएको भन्दै उनले आफ्ना बाबु चेन-स्मोकर भएको हुनाले उनलाइ क्यान्सर रोग लागेको बताइन । बाबुको कष्टकर मृत्युलाइ नजिकबाट देखेकि सनिले “कुनै पनि परिवार र उनका सन्तानले यस प्रकारको पिडा भोग्नुपरोस् ” भन्ने पनि कामना गरेकि थिइन ।

छोटो फिल्म “११ मिनेट” हेर्नुहोस:

मेरो कुरा – म संधै नेपालि फिल्मको बारेमामात्र चासो दिन्छु । हलिउड वा बलिउडका कलाकारको बारेमा नेपाल जोडिएको प्रसङ्ग आएमा मात्र चर्चा गर्ने गरेको छु । तर, आजको प्रसङ्ग बलिउड अभिनेत्रि सनि लियोनिको बारेमा भएको र नेपालसंग पनि नजोडिएको कुरा भए पनि चर्चा नगरि मन मानेन । कारण, नेपालसंग नजोडिए पनि उनले उठाएको मुद्दा नेपालका धेरै मानिसहरुमा बिकराल समस्याको रुपमा रहेको छ – धुमपानको समस्या ठुलो समस्या हो र सनिको भिडियो हेरेर मानिसहरुलाइ चुरोट छोड्ने प्रेरणा मिल्छ कि भन्ने आशाले यो चर्चा गरेको हुँ । कमेन्ट गर्नुहोला, धन्यबाद।

sunny leone 11 minutes promo

sunny leone 11 minutes promotion

Leave a Reply

Your email address will not be published.