ज्ञानेन्द्रको नयाँ बर्ष २०७३ शुभकामना संदेशमा के छ ?

१० वर्ष अघि राजगद्दि छोड्न बाध्य बनाइएका पुर्व राजा ज्ञानेन्द्रले २०७३ सालको शुभकामना यस अघि भन्दा अलि भिन्न ढंगले दिएका छन्। उनको शुभकामना संदेश संग पठाइएको पारिवारिक फोटोमा पुर्वयुवराज पारस र हिमानि का साथै उनीहरुका तिन सन्तान पनि देखिएका छन्।

भिडियो रिपोर्ट

ग्यानेन्द्रले दिएको शुभकामना संदेशमा देश विदेशमा रहेका सबै नेपालिहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गरेका छन् ।
शुभकामना संदेशको पुर्ण पाठ (दिर्घलाई ह्रस्व नबनाइ, जस्ताको तस्तै)

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,
२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपुगेका छौ । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेवसेका समस्त नेपालीहरुमा सूख, शान्ति, समून्नतीको लागि कामना गर्दछू ।

विक्रम सम्वतले मिती, तिथी र नेपाली संस्कृतीलाई जोडेको हुन्छ ।हाम्रा राष्ट्रिय मान्यताहरु ( धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पीएको धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो वन्दै छ । त्यसका लागी दक्षिण एसियाको भुराजनितिक सम्वेदनशिलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।

हामी को थियौं, कहां थियौं, अहिले कुन स्थितीमा छौँ, देश कता जांदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनु पर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क कसको कस्तो अर्गेल्याइंछ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् ।

राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भैसकेको छ । राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भुमण्डलीय राजनिती नयां चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा विचको फाटो नोक्सानदायी भैसकेकोछ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।

आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बूझेर मात्र परधर्म बुझौं यहि मेरो शूभकामना ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *