महाभुकम्पको बार्षिकिमा सम्झना र सरकारि सुस्तताको बिरोध

करिब नौ हजार व्यक्तिहरुको ज्यान लिने बिक्रम संबत २०७२ सालको बैशाख १२ गते गएको भुकम्प गएको एक बर्ष बितेको छ । सो अवसरमा सो दुखद घटनामा ज्यान गुमाएकाहरुका सम्झनामा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । तेस्ता केहि कार्यक्रमहरु निम्न भिडियोमा जम्मा गरिएका छन् । (भिडियोमा बिरोध कार्यक्रमको बारेमा उल्लेख गरिएको छैन)

बैशाख १२ गते भएका कार्यक्रमा यस्ता छन् :

  • प्रधानमन्त्रि केपि शर्मा ओलिले सुन्धारास्थित धरहरामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पणका साथै एक मिनेट मौन धारण गरका थिए ।
  • बसन्तपुरमा दिउसो दिबंगतहरुको सम्झनामा बेलुनहरु उडाइएको थियो ।
  • साँझमा वसन्तपुरमा दिप प्रज्जवलन पनि गरिएको गारिएको थियो । ‘हामी उठ्ने छौं’ अभियानको आयोजनामा भएको सो दीप प्रज्जवलनमा चर्चित कलाकारहरुको पनि ठुलो उपस्थिति रहेको थियो ।
  • प्रधानमन्त्रि ओलि पुननिर्माण अभियानमा सरिक हुन सिन्धुपाल्चोक पनि पुगेका थिए भने राष्ट्रपति विद्या देवि भण्डारि भुकम्पको केन्द्रविन्दु रहेको बारपाक गएर भुकम्प स्मृति पार्कको शिलान्यास गरेकि थिइन।
  • काठमाडौंबाट शुक्रबार हिँडेको साइकल र्‍यालि पनि आइतबार बारपाक पुगेको थियो।

earthquake of 2015 remembered

पुनर्निर्माणमा भएको ढिलासुस्ति गम्भिर समस्या

भुकम्प गएको १ वर्ष सम्म पनि पुनर्निर्माण शुरु नहुनु अचम्म लाग्ने कुरा छ । सरकारि ढिला सुस्तिको यो एक ज्वलन्त उदाहरण पनि भएको छ । भुकम्प पछिको पुनर्निर्माण आकस्मिक र अति जरुरि कार्य  भए पनि सरकारि स्तरमा उदासिनताले मलाइ अचम्म लागेको छ । यस कुरालाइ मनन गरेर सडकमा बिरोधका आवाजहरु सुनिएका थिए र सरकारले तिनिहरुलाइ दमन गरेको खवर पनि आएको थियो  । आज,  भुकम्पमा ज्यान जानेहरुको सम्झनाको कुरा मात्र गरौ भनेर भिडियोमा बिरोधका कुराहरुलाइ स्थान नदिएको हुँ । यो ढिलाइको चर्चा अरु कुनै दिन !

Leave a Reply

Your email address will not be published.