चिनबाट काठमाडौंका लागि छुटेको रेल अहिले तिब्बतसम्म मात्रै

मलाइ यो समाचार र “घरबाट अमेरिका हिड्यो भैरे ..  तर, अहिले यरपोर्टसम्म मात्र”  भनेको उस्तै उस्तै लाग्यो किनकि रेल काठमाडौं आइपुग्नको लागि कुनै पुर्वाधार नै तयार छैन (भैरेको अमेरिकि  भिषा नभएको जस्तै)।

तर, जे भए पनि यो एक सकारात्मक कुरा हो । योजना मात्र बनाउने तर, काम नगर्ने नेपालि नेतालाइ चिनले केहि सिकायो कि। चांडैनै रेल ट्रयाक बनोस! शुभकामना र चिन सरकारलाइ धन्यवाद ।

पहिला समाचार के हो भिडियोमा सुन्नुहोस:

https://www.youtube.com/watch?v=wfTBn79ScpY

मुख्य बुँदा

  • चिन सरकारले नेपालकालागि अन्तराष्ट्रिय रेल सेवा शुरु गरेको
  • लान्ठोउ- सिगात्से-काठमाडौ रुट भानिएको सो रुट सिगात्सेमा सकिन्छ
  • उक्त रेल लान्ठोउबाट सिगात्सेसम्म आउने छ र त्यहाँबाट ति सामान ट्रकमा लोड गरेर काठमाडौं ल्याइने छ।
  • बैशाख २९ मा लान्ठोउबाट हिडेको उक्त रेल २४३१ किमि टाढा  सिगात्से पुगेर रोकिने छ।
  • सिगात्सेबाट तिब्बतको गेलुङसम्म ५६४ किमि सडक यात्रा तय  गर्दै काठमाडौंसम्म आउने छ।
  • यसरि सामुन्द्रिक बाटो हुँदै भारत भएर नेपाल आउने चिनियाँ सामान लगभग ३५ दिन चाँडो नेपाल आईपुग्ने  बताइएको छ।
  • रेलमा ८६ वटा कार्गो कन्टेनर छन्

china train to kathmandu starts

Leave a Reply

Your email address will not be published.