बलिउड र नेपालि अभिनेत्रिहरुको भब्य प्रस्तुति र सैनिक बिवाद, राजेश हमालले के भने? (भिडियोहरु)

गत शनिबार, जेष्ठ १ गते, सैनिक मञ्च टुडिँखेलमा सैनिक श्रिमति संघको आयोजनमा भुकम्पपिडितको सहयोगार्थ एक च्यारिटी शो कार्यक्रम सफलता पुर्वक सम्पन्न भए लगत्तै सो कार्यक्रमसंग जोडिएका विभिन्न विषयहरु विवादित भएका छन । बिवादका बिषय निम्न छन:

१. भारतिय नायिका सोनाक्षि सिन्हालाइ स्वागत गर्न सैनिक जर्नेल समिर शाह सैनिक पोशाकमा उपस्थित भएको घटना
२. सैनिक मञ्चमा नायिकाहरुलाइ नचाएर यसको दुरुपयोग गरेको
३. प्रहरिले सुरक्षा दिए हुने कन्सर्टमा सैनिक सुरक्षा दिएको

सैनिक जर्नेलले स्वागत गरेको बिषयमा जन गुनासोको लागि खडा गरिएको “हेलो सरकार” मार्फत उजुरि परेपछि रक्षा मन्त्रालयसँग सेनाको दुरुपयोग भएको बारेमा स्पष्टिकरण मागिएको थियो । यो बिषयमा एक अनलाइन संग कुरा गर्दै सैनिक प्रवक्ता सहायक रथि ताराबहादुर कर्किले सैनिक मञ्च सबै हिसाबले सेन्टरमा भएको र अन्य ठाउँभन्दा धेरै भिड पनि थेग्न सक्ने भएर प्रयोग गरेको बताएका छन ।

सैनिक जर्नेल समिर शाह सैनिक पोशाकमा हिरोइनलाई स्वागत गर्न नगएको बताउँदै प्रवक्ताले शाहको कार्यक्षेत्र विमानस्थल नै भएको र सेनाले बोलाएको पाहुना आउन लागेको हुनाले उनि त्यहाँ हुनु संयोग मात्रै भएको बताएका छन ।

साथै, सो कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको, सेनासँगै जोडिएको एउटा संघले आयोजना गरेको हुनाले पनि सैनिक मञ्च प्रयोग हुनु स्वभाविक भएको प्रवक्ता कार्कीले बताएका छन् । उनले सो प्रयोग सेनाले आफ्नो कार्यविधिमा नै रहेर मञ्चको प्रयोग गरेको बताएका छन् । उनले, हिरोइन नाच्दैमा दुरुपयोग भएको भन्न मिल्दैन पनि भनेका छन् ।

यो बिषयमा रक्षा मन्त्रालयको पनि चासो दिएर अनुसन्धान गरिरहेको छ ।

तेस्तै, नेपालि अभिनेता राजेश हमालले प्रश्न उठाएको बारेमा निम्न भिडियोमा चर्चा गरिएको छ :

समग्रमा भन्नु पर्दा सो कार्यक्रम सफल र मनोरन्जनात्मक भएको कार्यक्रममा सहभागि भएका एक दर्शकले बताएका छन ।

बलिउडका चर्चित अभिनेत्रि सोनाक्षि सिन्हा र मुन्नि नामले चर्चित मलाइका अरोरा को प्रस्तुतिको झलक निम्न भिडियोमा राखिएको छ :

नेपालि अभिनेत्रि रेखा थापाले दिएको चुम्बनको बारेमा चर्चा को लागि निम्न भिडियो हेर्नुहोस

रेखाको प्रस्तुतिको झलक:

अभिनेत्रि प्रियंका कार्किले नाच्न सिकाएको भिडियो :

तेस्तै, सोनाक्षि सिन्हाले नेपालिमा “के छ ?” भनेर सोधेको बारेमा चर्चा :

amarpanchhi controversy sonakshi sinha rajesh hamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *