अमेरिकि भिसा आवेदनको लागि अव थोरै कागजात भए पुग्ने

अमेरिकि दुतावास काठमाण्डौंले पर्यटक तथा विद्यार्थि भिसाका आवेदकहरुको लागि सजिलोको लागि कागजी प्रक्रिया घटाउने बताएको छ । यहि जेठ १९ गते देखि नै शुरु हुने यो नयाँ ब्यबस्था अनुसार घुम्न जाने पर्यटक तथा पढन जाने विद्यार्थिहरुको लागि भिसा आवेदन दिंदा आबेदनको साथ थोरै कागजपत्र मात्रै पेष गरे हुने भएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=UbFYIhnmorc

कतिपय कागजात निवेदनको साथ नबुझाइ भिसाको अन्तर्वार्ताको लागि उपस्थित हुँदामात्रै ल्याउनु पर्ने नयाँ ब्यबस्था मा उल्लेख छ । यो ब्यबस्था आवेदकहरूमाथि हुने सम्भावित छलकपटबाट उनिहरुलाइ जोगाउनका लागि पनि गरिएको बताइएको छ ।

यसरि अवदेखि अन्तरवार्तामा बैंक मौज्दातको विवरण, जग्गासम्बन्धि कागजात, निमन्त्रणा पत्र जस्ता कागजपत्र ल्याउनु पर्दैन । यदि तेस्ता प्रकारका कागजात ल्याइएमा दुतावासको सुरक्षा इकाइसंग नै छाड्न लगाइने पनि अमेरिकि दुताबासले बताएको छ। साथै, दुतावासले नै सबै शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणिकरण गर्ने पनि बताइएको छ ।

US embassy in Nepal documents new annoucment

Leave a Reply

Your email address will not be published.