केपि ओलिले पानिजहाजको बारेमा के भनेका थिए? के यो सम्भव छ ?

चिनको रेल काठमाण्डौं आइ पुग्ने बेलासम्म चिनको कुनै एक बन्दरगाहमा नेपालि झण्डा वाहक पानिजहाज पनि हुने बताएका छन ।

सुन्नुहोस :

उनले कुन बन्दरगाह र कस्तो पानिजहाज  भन्ने यकिन नभएको हुनाले उनले आफ्नो “मनको कुरा मात्रै भनेको” भन्दै नेपालको आफ्नै पानिजहाज र रेलबाट सामान ३ दिनमा काठमाण्डौं ल्याइ पुर्याउने सपना देखाएका छन ।

बेलाबेलामा अचम्म अचम्मका र हुन नसक्ने कुराहरु गर्ने हुनाले आजकाल केपि ओलिको कुरालाइ कसैले पनि गम्भिरतापुर्वक लिंदैनन । तेसैले उनले भनेका सम्भव भएको र हुन सक्ने कुरालाइ पनि उडाउने चलन नै चलेको छ नेपालमा ।

भुपरिवेष्टित मुलुक भए पनि पानिजहाज किन्नु र बिदेशि बन्दरगाह प्रयोग गर्न नमिल्ने कुरा भने होइन । तर जति हलुका पाराले केपिले योजना सुनाएका छन त्यति सजिलो र छिटो यस्ता कार्य हुन सक्दैनन, किनकि पानिजहाज भनेको धेरै ठुलो लगानि र दायित्व पनि हो।

के तपाइलाइ नेपालले पानिजहाज किन्ने र संचालन गर्न सक्छ जस्तो लाग्छ? के यसरि संचालन गर्नु आर्थिक रुपले फलदायि हुन्छ होला ?

kp oli ship claim

Leave a Reply

Your email address will not be published. Required fields are marked *