हिंसाका पुजारि प्रचण्डले शान्तिका दुत बुद्धको बारेमा के भने?

यहि जेठ ८ गते लुम्बिनिमा आयोजना भएको बुद्ध जयन्ति समारोहमा करिव १५,००० को ज्यान जाने युद्धका सर्बोच्च कमाण्डर पुष्पकमल दहाल प्रचण्डले शान्तिका दुत बुद्ध को बारेमा गरेको चर्चा चाखलाग्दो थियो । वाक चातुर्यका कारण चर्चित प्रचण्डले हिँसा र शान्तिलाइ कसरि मिलाए त, सुन्नुहोस निम्न भिडियोमा:

बौद्ध सम्मेलन काठमाडौंमा र बुद्ध जयन्ति लुम्बिनिमा

विश्वका २८ मुलुकका बुद्धिजिवि र भिक्षुहरु सहभागी भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले १० बुँदे घोषणापत्र जारि गर्दै सम्पन्न भएको छ । नेपाल सरकारले २५६० औं बुद्ध जयन्तिको अवसर पारेर जेठ ६ र ७ गते काठमाडौंमा बौद्ध सम्मेलन आयोजना गरेको थियो । झण्डै ५० हजार स्वदेशि र विदेशि पाहुनाहरु सहभागि भएको सो सम्मेलनको समापम पछि  जेठ ८ गते लुम्बिनिमा बुद्ध जयन्ति समारोह आयोजना गरिएको थियो ।

बुद्ध जयन्ति समारोहमा राष्ट्रपति विद्या भण्डारि प्रमुख अतिथि थिइन भने प्रधानमन्त्रि केपि शर्मा ओलि, पुर्व प्रधानमन्त्रिहरु नेपालि कांग्रेसका शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि उपस्थिति थियो । बौद्ध सम्मेलन तथा बुद्ध जयन्ति समारोहमा २८ राष्ट्रका ३ सय ८५ जना विद्वान तथा भिक्षुहरुको सहभागिता रहेको थियो ।

prachanda talks peace and buddha

Leave a Reply

Your email address will not be published. Required fields are marked *