नेपाल सरकारको पासपोर्ट ब्यपार, अब एमआरपि एकै दिनमा

नेपाल सरकारले अब नेपालि पासपोर्ट एकै दिनमा तयार गर्ने भएको छ । त्यसको लागि बढि शुल्क लिने तर, कति बढि लिने भन्ने बारेमा निर्णय गर्न केहि समय लाग्ने बताइएको छ । स्मरण रहोस, सरकारले रु ५,००० शुल्क तिरे पछि तयार हुने पासपोर्ट तयार गर्न ४५ दिन लगाउँछ ।

अब प्रश्न उठछ, एकै दिनमा तयार हुन सक्ने पासपोर्ट तयार गर्न सरकारले ४५ दिन किन लगाउँछ ? त्यहि पासपोर्ट रु. १०,००० तिर्यो भने ७ दिनमा नै तयार हुन्छ । थप ५,००० ले सरकारि कर्मचारिको प्रोडक्टिभिटिमा के जादु गरिदिन्छ, जसका कारण पासपोर्ट ३८ दिन छिटो तयार हुन्छ ?

अझ रु. १०,००० थप गरेर १५,००० तिर्यो भने त्यहि पासपोर्ट २ दिनमा पनि तयार हुन्छ । सरकारले अब एकै दिनमा तयार गर्ने पनि समाचार आएको छ । तर, अहिले सम्म रेटको बारेमा निर्णय नभए पनि ४५ दिन लाग्ने पासपोर्ट बनाउन र १ दिनमा तयार हुने पासपोर्ट बनाउन सरकारि खर्च त एउटै होला । अनि दर रेटमा चाँहि किन यस्तो मनपरि?

एमआरपि एकै दिनमा तयार हुने बारेको समाचार हेर्नुहोस :
https://www.youtube.com/watch?v=RanP0DP5HP0

कमेन्ट पनि गर्नुहोला !
passport time and rate

Leave a Reply

Your email address will not be published.