बजेट २०७३ ले केलाइ सस्तो बनायो, केलाइ महँगो? (बजेट पुर्ण पाठ सहित)

केपि ओलि सरकारका अर्थमन्त्रि विष्णुप्रसाद पौडेलले जेठ १५ गते शनिवार दुइ घण्टा लगाएर अघिल्लो वर्षभन्दा करिव एक चौंथाइ भन्दा बढि आकारको (२८ प्रतिशत ठुलो) बजेट सार्वजनिक गरेका छन ।

यस् बजेट पछि सरकारि कर्मचारिको तलव बढ्ने भएको छ । इतिहास हेर्ने हो भने, यसरि तलव बढेने बित्तिकै ब्यपारिहरुले सबै जस्तो उपभोग्य सामाग्रि हरुको मुल्य ब्रिद्धि गर्ने गर्छन । ब्यपारिहरुले बढाउने मुल्यको साथ साथै सरकारले गरेको करको घटबढले सस्तो हुने वा महंगिने सामाग्रिहरुको बारेमा म अहिले चर्चा गर्दैछु । पहिला बजेटको सारांशलाइ समेटेर बनाइएको भिडियो हेरौं:

https://www.youtube.com/watch?v=jMFvir2q7ko

अब चर्चा – बजेट पछि के के बस्तु सस्तो भयो होला र के के महँगो होला भन्ने बिश्लेषण गरौं।

मोबाइल फोन महंगो हुने

सरकारले मोबाइल फोन बिक्रिबाट आएको भ्याटमा आधा ब्यपारिलाइ फिर्ता दिंदै आएको मा अब ४० प्रतिशत मात्र फिर्ता दिने भएको छ । जसले मोवाइल फोनमा थोरै मुल्य बढ्ने सम्भावना देखिएको छ ।

घ्यु र तेल पनि बढने

मोबाइलमा जस्तै सरकारले दिने सुविधा घ्युतेलमा पनि दिंदै आएको मा अव देखि सरकारले दिने भ्याट फिर्ताको मात्रा घटाएर ४० प्रतिशत पुर्याएको हुनाले घ्यु र तेलमा पनि केही मात्रामा मुल्य बढ्ने सम्भावना देखिन्छ।

चुरोट र रक्सि

संधै जस्तो यो बर्ष पनि चुरोट र रक्सिमा लाग्ने अन्तशुल्क को मात्र बढाइएको हुनाले यि मादक पदार्थको पनि मुल्य बढ्ने भएको छ । तेसैले यो बर्ष चुरोटसँगै विंडि, सुर्ति र सिगारमा ११ प्रतिशतले अन्तशुल्क बढेको हुनाले मुल्य पनि सोहि अनुपातमा बढने सम्भावाना देखिन्छ ।

तेस्तै मदिराजन्य पदार्थमा पनि अन्तशुल्क बढने हुनाले मुल्य बढने छ । मदिरामा यो पटक स्वदेशि र बिदेशि उत्पादनमा फरक फरक अन्तशुल्क लाग्ने हुनाले बिदेशि मदिराको मुल्य धेरै बढने छ भने स्व्देशिको अलिकति थोरै । स्वदेशि मदिरामा १५ प्रतिशत अन्तशुल्क बढाइएको छ भने बिदेशि मदिरामा २० प्रतिशत ।

अब सरकारि कर घटेका सामाग्रिको चर्चा गरौं

बजेटमा साना ब्यपारिलाइ कर छुट दिइएको छ। आफ्नो कारोबारको डेढ प्रतिशत राजस्व बुझाउँदै आएका साना ब्यपारिल अब त्यसको आधा ०.7५ प्रतिशत मात्रै राजस्व् बुझाए हुने भएको छ । यसले साना ब्यपारिलाइ कारोबार गर्न प्रोत्साहन दिने बिश्वास गरिएको छ ।

विद्युतिय गाडिलाइ ठुलो सहुलियत

यस अघि सरकारले साना विद्युतिय गाडिमा लगाउँदै आएको ४० प्रतिशत भन्सार दरलाइ घटाएर जम्मा १० प्रतिशतमा झारेको छ। यसले यस्ता गाडिको मुल्यमा लाखौं रुपैंयाले सस्तो पार्नेछ ।

तेस्तै सार्वजनिक यातायातका लागि आयात गरिने ठुला खालका विद्युतिय सवारि साधनमा भने पहिले रहेको १५ प्रतिशतको भन्सार करलाइ घटाएर एक प्रतिशतमा झारिएको छ।

कृषि औजार, दुग्ध ट्यांकर, स्वास्थ्य उपकरण, उत्पाधन मुलक उद्योगमा सहुलियत

  • त्यस्तै कर घटेका अन्य सामाग्रिमा
  • कृषि औजार
  • दुग्ध उत्पादन ओसारपसार गर्ने ट्यांकर
  • स्वास्थयसम्बन्धी उपकरणमा लाग्ने भन्सार कर
  • उत्पादन मूलक उद्योगका लागि आयात हुने उपकरणमा लाग्ने १५ प्रतिशत कर घटाएर १ प्रतिशतमा झारिएको।
  • प्लाष्टिक प्रतिस्थापन गर्ने उद्योगमा कर छुट
  • सञ्चारगृहले आयात गर्ने अखबारि कागजमा भन्सार कर घटाएर १ प्रतिशत मात्र लाग्ने।

बजेटको पुर्ण पाठ :

budget 201t what costs more

Leave a Reply

Your email address will not be published.