भारतिय पेट्रोल पाइपलाइन, रक्सौलबाट अमलेखगंज, निर्माण शुरु गर्न छलफल शुरु

भारतिय नाकाबन्दि शुरु हुनु भन्दा पहिले, एक बर्ष अघि नेपाल र भारत बिच मन्त्रिस्तरिय सम्झौता भएको थियो – भारतको रक्सौलबाट बाराको अमलेखगंजसंम्म पाइपलाइन बनाउने बारेमा । २०७२ साल असोज १२ गते भएको सो सम्झौतामा क्सौलबाट अमलेखगंजसंम्मको ४१ किमि लामो सो पाइपलाइन ३० महिनामा सम्पन्न गर्ने लक्ष राखिएको थियो । सो पाइपलाइनको ३९ किमि भाग नेपालमा पर्छ भने २ किमि भाग भारतमा पर्छ ।

पाइपलाइन निर्माण र अमलेखगंज डिपोको सुधारको लागि ४ अर्ब ४० करोड लाग्ने प्रारम्भिक अनुमान छ । जसमा भारत सरकारले २ अर्ब भारतिय रुपैंया (३ अर्ब २० करोड नेपालि रुपैंया) अनुदान दिने छ भने बाँकि १ अर्ब २० करोड रुपैंया नेपालले आफ्नै श्रोत बाट जुटाउने छ ।

आज नेपालको आयल निगम र भारतिय आयल बिच यो कार्य अघि बढाउन छलफल चलि रहेको छ ।

http://www.youtube.com/watch?v=zX4uSdRGJYU

एक अर्को बिश्लेषण अनुसार, भारतिय पाइपलाइन भन्दा चिनिया भुमिबाट आउन सक्ने पाइपलाइनको संचालन कम खर्चिलो हुने देखिएको छ । रक्सौलबाट अमलेखगंज सम्म पाइपबाट तेल ढुवानि गर्दा दुइ ठाँउ बिचको उचाइको भिन्नताका कारण पंपको सहायता लिनु पर्ने हुन्छ । तर, यदि सिगात्सेबाट चिनिया पाइपलाइन बनाउने हो भने गुरुत्वाकर्शणबाट नै तेल ढुवानि हुन सक्ने देखिएको छ। भिडियो रिपोर्ट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.