किताव लाइब्रेरि, त्यो पनि लोकल मेट्रो बसमा, चल्छ होला ?

यहि हप्ताबाट काठमाण्डौंको चक्रपथमा चल्ने मेट्रो बस का केहि बसमा प्रयोगात्मक रुपमा मिनि लाइब्रेरि राख्न शुरु गरिएको छ । बसम रहने बसका परिचारिकाको रोहवरमा बसका यात्रुहरुलाइ पढन दिने र सो बारेमा बिवरण जम्मा गर्ने कार्य शुरुगर्न जति सजिलो छ यसलाइ लामो समय सम्म निरन्तरता दिन त्यतिकै गाह्रो देखिन्छ । पहिला यो बारेमा भिडियो रिपोर्ट हेरौं :

शुरु भएको मिनि लाइब्रेरि कन्सेप्ट अहिले केहि बसमा मात्र उपलब्ध छ । बसमा रहने परिचारिकाले कुन यात्रुले कुन किताव पढे भन्ने कुराको जानकारि एक लग बुकमा राख्ने गरिएको छ। मलाइ यो कन्सेप्ट राम्रो लागे पनि सफल हुने कुरामा भने शंका छ । किनकि :

  • मैले बुझे अनुसार, हामि नेपालिहरुमा किताव पढने संस्कार नै बिकसित गरिएको हुँदैन । धेरैमा किताव पढ्नु भनेको रमाइलोको लागि भन्दा पनि स्कुलमा र जाँचमा पास हुनको लागि मात्र हो भन्ने सोचाइ रहेको छ । आजकाल, यसमा बिस्तारै परिवर्तन आउन थालेको भने पक्कै हो ।
  • छोटो दुरिको बसमा किताब पढन कसलाइ रहर लाग्ला ? चक्रपथको पुरै लम्बाइ यात्रा गर्ने हो भने पनि २५- २७ किमि मात्र छ । मेट्रो बसका धेरै यात्रुको यात्राको लम्बाइ धेरै हुँदैन । तेसैले परिचारिकालाइ किताव निकाल्न लगाउने, त्यस बारेमा लग इन्ट्रि गर्न लगाउने आदि कार्यले खासमा पढने समय त्यति होला भन्ने मलाइ लाग्दैन । लामो दुरिको बसमा पो यो कन्सेप्ट बरु उपयोगि होला कि ?
  • बसमा पढनु त्यति सजिलो पनि हुँदैन । मेट्रो बस प्राय: कोचाकोच हुन्छन भन्ने मेरो अनुमान छ । भिड्भाड्मा किताव निकाल्ने, पढ्ने गर्न मिल्छ होला र ?
  • बाटोमा हुँने जोल्टिंगहरुले पनि पढनमा बाधा पुर्याउन सक्छन । हल्लिइ रहेको बसमा कितावका साना अक्षर पढदा टाउको दुख्ने सम्भावना पनि उत्तिकै हुनुपर्ने हो ।
  • WiFi भएको भनेर भनिएको भए पनि WiFi चाँहि नचल्ने “हुडि लभर”ले जानकारि दिनु भएको छ । टिभि जडान गरिएको भनिएको, अनि WiFi पनि (क्यै गरि चल्ने भए) भएको बसमा यात्रुहरुलाइ किताव पढ्ने जाँगर पो कसरि लाग्छ होला र ?
  • छोटो दुरिमा चल्ने बसमा फोटोमा देखिएका “फिरफिरे” जस्ता मोटा उपन्यास पढनको लागि भन्दा पनि देखाउनको लागि मात्र राखेको जस्तो देखिंदो रहेछ ।

सफल हुने सम्भावन कम भए पनि आजकाल बिशेषत: युवाहरुमा किताव प्रति देखिएको रुचि राम्रो लक्षण हो भन्ने मलाइ लागेको छ ।  बस लाइब्रेरि “आयो किताव” सफल होस, मेरो शुभकामना छ ।

book library in metro bus

Leave a Reply

Your email address will not be published.