के थियो उ? (भिडियो साहित्य, कविता)

आज अर्को कविताको पालो । सोफियाले लेखेर शान्ति (नुमा) ले वाचन गरेको “काबुलको कात्रो” को सफलता संगै अर्को कवितालाइ भिडियो स्वरुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यो कविताकि रचयिता बनिता खनाल हुन। बनिता आँफैले वाचन गरेको कविता पहिला सुनौं त्यस पछि यहाँ भएका कुराहरुको चर्चा गर्ने छु :

यो कविता कबिता युट्युब च्यानलमा प्रकाशित भएपछि थुप्रै प्रतिकृयाहरु प्राप्त भए । यसको प्रतिक्रिया स्वरुप ट्विटर साथि हुडिलभर @hooDielover पठाउनु भएको कबिता मलाइ मार्मिक लागेको छ । उहाँले पठाएको कबितालाइ परिमार्जन गरेर र भिडियोको प्रकाशित तयारि हुँदै गर्दा उहाँले लेखेको “म बालबिबाह हुन हुन्न भन्ने आवाज उठाउने नारि हुँ तर आफ्ना कुण्ठा पोख्न बालबिबाहको नाम दिनेको पनि बिरोध गर्दछु” भनाइ संगै प्रस्तुत छ हुडिलभरको कबिता “को थियो ऊ ?” को छोटो अंश

को थियो ऊ ?

ढोलक, सहनाइ र दमाहाको त्यो आवाज
अनि त्यो भिडको कोलाहालले अत्तालिएकि मलाइ
चुकुल लगाएर बन्द कोठामा
कसिलो अँगालोले दियो साथ र भरोसा
बिहेको बोझिलो श्रृङगार र सजावटबाट मुक्ति दिंदै
उसले ओठ पान गर्दा मैले समर्पित भावमा आँखा बन्द गरेकि थिएं ।

उसले निर्वस्त्र पार्यो, बाघले झैं झम्टियो, भुतले झै तर्सायो
झम्टेर माया बर्षायो, तर्साएर मल्हम लगायो, मायाको सागर खन्यायो
डरलाग्दो टाकुरा पुर्यायो, सम्हालेर तल ओर्र्हाल्यो
एक अर्काको सन्तुष्टिमा उत्तेजित, उद्देलित आंखाहरुलाइ
मध्यरातमा सानो मधुरो टुकीको उज्यालोले डोर्याएर, बोलाएर
तन्नाको रक्ताम्य टाटो देखायो
उसका मायालु आखाँले सबै पिडा पखाल्यो, मल्हम लगायो
बिस्तारै डोर्याएर सपनिको राज्य डुलायो

ओ महामानव
तिमि भुत प्रेत र बाघ भन्दा अलग छौ
तिमि देवता भन्दा निकै माथि छौ, मेरो सन्तुष्टिमा रमाउन सक्ने कला
वाह ! क्या कलाकार छौ, वाह ! तिम्रो कलाकारिता
यहि कलाले त म तिमिलाइ सारा संसार भन्दा अलग देख्छु
सृष्टिकै अनुपम उपहार हौ तिमि
जिवन समर्पण तिमिमा
सिर्फ तिमिमा ।

***
अव बनिता खनालकै कविताको कुरा । यो कवितामा बाल बिवाहका कारण बाल मस्तिष्कमा पर्ने असरलाइ चित्रण गरिएको हो ।

नेपालमा बालबालिकाहरु शारिरिक र मानसिक रुपमा परिपक्व नभइ विवाह गरिदिने चलनको बिरुद्ध् जति आवाज उठे पनि अझै पनि यस्तो कुरिति निर्मुल हुन सकेको छैन । बालविवाह गरिदिने र गर्न उक्साउनेहरुले यो कविता सुन्न पाए भने उनिहरुको सोचमा केहि परिवर्तन हुन सक्थ्यो कि भन्ने मलाइ लागेको छ ।

केहि भयावह तथ्यांक

– विश्वमा एक तिहाई महिलाको विवाह १५ वर्षभन्दा कम उमेरमा हुने गरेको छ ।
– बालविवाह हुने देशमा नेपाल दशौं स्थानमा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
– अरु त अरु नेपाल सकारका मुख्य सचिव लिलामणि पौड्यालले समेत १७ वर्षको उमेरमा १४ वर्षकी किशोरीसंग बालविवाह थिए, पारिवारिक दवावमा ।

कविताको पुरा रुप:

के थियो उ?

“जङ्गल तिर नडुल है केटि हो, बाघले झम्टेला”
“राति राति नहिड है केटिहो, भुतले तर्साउला”,
बाबा ले सम्झाउनुहुन्थ्यो

“बाघ कस्तो हुन्छ नि, बाबा?”
म खित् खित् हास्दै सोध्थें

“बाघको चार खुट्टा हुन्छन,
जुङ्गा हुन्छ, ठुला ठुला पन्जा हुन्छन्,
मान्छे देख्यो भने झम्टिहाल्छ,
अनि रगताम्य बनाउछ।
भेटे जिउदै छोड्दैन !”

“अनि भुत नि?
भुतको पनि चार खुट्टा हुन्छन्?”

“भुतको त मन्छे जस्तै दुइ खुट्टा हुन्छन्।
त्यसले झम्टदैन बस् तर्साउछ मात्र”

जति जङ्गल हिंडे पनि
जति राति राति डुले पनि
न त मैले बाघ देखेकि थिएँ
नत कुनै भुत।

तर, त्यस रात के आयो मेरो कोठामा ठम्याउन सकिन।
बाघ भनुं भने त्यसको दुइ खुट्टा मात्र थियो।
भुत भनुं भने मलाइ उसले झम्टेर रगताम्य बनाएको थियो।
सायद भुत जस्तो देखिने बाघ थियो उ।

“मिठ्ठु दिदि मलाइ त बाघ संग पो बिहे गर्दिएछन्”
मैले रुदै भनें

“धत्तेरि लाटि के भनेकि त्यस्तो।
आफ्नो लोग्नेलाइ त्यसो भन्न हुन्न, पाप लाग्छ,
किन? के गरेर तिनले?”

“हिजो राति मेरो लोग्ने आयो,
चुक्कुल लगायो,
मलाइ नाङ्गै बनायो,
मलाइ झम्टियो
अनि रगताम्य बनायो”

“झम्टेको हो त लाटि,
माया गरेको नि”

***
सकि नसकि गाग्रो बोकेर घर पुग्नै लागेकि थिएँ।
लोग्ने भेट भयो।
उसले मलाइ देखेर पनि नदेखे झैं गर्यो।
घर पुगेर ठस्स बसेकि थिएँ।
बज्यै आउनु भयो

“तैंले बाबुलाइ आखा तरिस रे; अघि पधेराबाट आँउदा?
त्यसो गर्न हुन्न है।
लोग्ने भनेको भगवान हो।
आदर सम्मान गर्नुपर्छ।”
बजैले रिसांउदै भन्नु भयो।

उसले मलाइ झम्टेर पनि जिउदै छोडेको थियो
त्यसैले उ बाघ थिएन।
उ, भुत पनि थिएन।
त्यसो भए सायद उ भगवान नै थियो !
भगवानले माया गर्छन् भन्ने सुनेकि थिएँ।
अनि मिठ्ठु दिदिले पनि उसले मलाइ माया नै गरेको हो भनेकि थिइन्।

आजकल मलाइ रात परे पछि डर लाग्छ
अौँसिको रात भन्दा पनि आध्यारो छ टुकि बलेको मेरो कोठा।
याहाँ बाघ, भुत अनि भगवान एकै साथ आउछन्।
मेरो भगवानले मलाइ बाघले जस्तै झम्टिन्छन्।
भुतले जस्तै तर्साउछन्।
यसो गरेर उनले मलाइ माया गरेका हुन् रे।

who was he poem

Leave a Reply

Your email address will not be published.