यस अघि अनसनरत डा गोविन्द केसि र सरकारबिच भएको सम्झौताको बिरोधमा निनि मेडिकल कलेज सञ्चालकहरुले काठमाण्डौमा एक र्यालि निकालेका छन । डा गोविन्द केसिसंग भएको सम्झौताले चिकित्सा पेशा नै संकटमा पर्ने भन्दै सो पेशासंग सम्बन्धित निजि मेडिकल कलेज सञ्चालकहरुले आफु संग छलफल र सहमति नै नगरि गोविन्द केसिसँग सरकारले सम्झौता गरेको भन्दै गम्भिर आपत्ति जनाएका हुन । सो बिरोध प्रदरशन निजि मेडिकल कलेजहरुको साझा संस्था – एशोसियसन अफ प्राइभेट मेडिकल कलेजले आयोजना गरेको थियो । सो बिरोध प्रदर्शनमा ओम हस्पिटलका मालिक र चर्चित चिकित्सक भोला रिजाल पनि सम्मिलित भएका थिए । बिरोध र्यालि माइतिघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरमा सकिएको थियो ।
बिरोध र्यालिको बारेमा भिडियो रिपोर्ट:
चिकित्सा क्षेत्र र चिकित्सा बिषय अध्य्यनलाइ व्यवस्थित बनाउने माग सहित आमरण अनशनमा बसेका चिकित्सक डा गोविन्द केसिसँग सरकारले यहि सोमबार चारबुँदे सम्झौता गरेको थियो । सो सम्झौता पछि डा. केसिले अनसन तोडेका थिए। (सो बारेमा यस अघिको भिडियो ब्लग हेर्नुहोस)
बिरोध र्यालि सकिए पछि सो बिरोध र्यालिमा सहभागिले बोकेका प्लेकार्डहरु जथाभावि फालेर छोडेका थिए । यसरि सार्बजनिक स्थानमा फोहर गरेको मा बिरोधका आवाज पनि उठेका थिए । (निम्न फोटो ट्विटरबाट लिइएको हो)