प्रधानमन्त्रिका लागि प्रचण्ड एक्ला उमेद्वार तर सर्वसम्मत नहुने, मतदान गर्नैपर्ने

प्रधानमन्त्रि पदकाका लागि नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’एक जनाको मात्र उम्मेदवारि परेको छ । यहि साउन् १८ गते मंगलबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय उमेदवारि दर्ताको समय तोकिएकोमा प्रचण्ड बाहेक अन्य कसैले पनि उम्मेद्वारि दिएनन ।

prachanda submits the application

प्रचण्डको उमेद्वारि निबेदनमा प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् भने समर्थकमा कृष्णबहादुर महरा, मधेसि मोर्चाका नेताहरु उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण समर्थक रहेका छन् ।

तर कांग्रेस, माओवादि र मधेसि मोर्चासहितको संघिय गठवन्धनक्को बिच भने सममति जुटन नसके पछि लिखित सहमति भने भै सकेको छैन ।

यस अघि नेकपा एमालेले पनि प्रधान्मन्त्रिमा उम्मेदवारि दिने तयारि गरेको थियो । तर, मंगलबार विहान बसेको एमाले स्थायि कमिटिको बैठकले उम्मेद्वारि नदिने र प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एक्लो उम्मेदवार भएपनि माओवादि अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्रि भने बन्ने छैनन् ।संसदको नियमावलि अनुसार उनि मतदान प्रक्रियामा जानैपर्ने हुन्च । बुधबार विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्रि पदको निर्वाचन हुनेछ । र, प्रचण्डको उम्मेदवारि प्रस्तुत भएपछि पक्ष-विपक्षमा मतदात हुनेछ । ६०१ जना सांसद हुनुपर्ने व्यवस्थापिका संसदमा अहिले ५ सय ९५ जनामात्र सांसद छन्। ५ सय ९५ जना सांसदमा पनि ४ जनाले मतदान गर्ने छैनन्। प्रचण्ड प्रधानमन्त्रिमा निर्वाचित हुन उनलाइ २८८ मत आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा ३५५ भन्दा बढि मत पर्ने देखिएका छन् ।

पुरानो भिडियो ओलिले राजिनामा दिएको कुरो :

https://www.youtube.com/watch?v=a26sTJ4Au8Q

Leave a Reply

Your email address will not be published.