५ प्रचण्ड चुनौति

नेपालको ३९औं प्रधानमन्त्रि माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए संगै उनले धेरै चुनौतिका सामना गर्नु पर्नेछ । प्रजातन्त्र आए देखि कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न् नसकेको यो अबस्तामा प्रचण्डको कार्यकाल पनि संधै धुकचुक धुकचुक भइ रहने निश्चित नै छ । यस बिच मैले मलाइ लागेका उनका मुख्य मुख्य पाँच चुनौतिहरु भिडियोको रुपमा प्रश्तुत गरेको छु :

prachanda 5 challenges

सबै भन्दा ठुलो चुनौति केपि शर्मा ओलिले बाँडेका ठुला ठुला आश्वासन र कार्य योजनाहरु हुन । भारतसंगका उनका अडान का साथ साथै प्रचण्ड आफैँ सम्मिलित एमाले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारलाइ किन ढाल्नु पर्यो भनेर पुष्टि गर्न पनि प्रचण्डलाइ निकै कठिन हुने देखिन्छ । ओलीले बाँडेका सपनाका कारण पनि उनलाइ ठुला ठुला काम गरे पनि नगरे पनि ठुला ठुला कुरा गर्नु पर्ने चुनौती पनि थपिएको छ ।

तेस्तै ओली सरकारले भारत संग नझुक्ने निति लाइ कसरि अघि बढाउने र ओलि सरकारले चिनसँग गरेका सम्झौता कार्यन्वयन गर्न पनि प्रचण्डलाइ सजिलो छैन । यसरि दुबै देशलाइ लिएर अघाडि बढनु प्रचण्डको अर्को ठुलो चुनौति हो ।

संविधान संशोधन अर्को भिमकाय समस्या छ प्रचण्ड सरकारको लागि । मधेसि मोर्चाले उठाएका मागहरु पूरा गर्न सत्तारुढ गठबन्धन कांग्रेस–माओवादिले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने सहमति गरिसकेका छन्। मोर्चाको माग यस अघि सुशिल कोइराला र आँफै सम्मिलित ओलि सरकारले सुल्झाउन नसकेको समस्या हो ।

प्रचण्डले आफ्नो पार्टि माओबादि भन्दा ठुलो दल कांग्रेससँग गठबन्धनमा सरकार बनाउँदा कांग्रेसलाइ चित्त बुझाउन धेरै नै समस्या पर्ने निश्चित छ । शिद्धान्तत: अलिक नजिक भएको एमाले संगको गठबन्धनलाइ लम्ब्याउन नसकेको माओबादिले शिद्धान्तको हिसावले बिरित ध्रुव कांग्रेससँगको गठबन्धन कति टिकाउन सक्ने हो चाखलाग्दो बिषय बनेको छ ।

भुकम्पले ध्वस्त भएका संरचनाको पुनर्निर्माणकार्य न त कोइराला सरकारले अघि बढाउन सक्यो न त ओलि सरकारले । के अव प्रचण्ड्ले अघि बढाउलान् ? देश भित्र र बाहिरका सबै लाइ खुसि पारेर पुनर्निमाणको कार्य अघि बढाउनु पनि प्रचण्डलाइ ठुलो चुनौति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *